६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भ्रष्टाचारविरुद्ध कर्णको साइकल यात्रा


१ असार २०७६, आइतबार  

0
Shares

भ्रष्टाचारविरुद्ध कर्णको साइकल यात्रा
लपु संवाददाता
काठमाडौं, १ असार । भ्रष्टाचारविरुद्ध एक युवकले साइकलयात्रा गरिरहेका छन् । खोटाङको दिक्तेलबाट ३ चैत्र २०७५ बाट कर्ण श्रेष्ठले साइकलयात्रा शुरु गरी देशभर यात्रा गरिरहेका हुन ।
साइकलयात्राका क्रममा उनले भ्रष्टाचारविरुद्धको अभियानलाई मुख्य उद्देश्य बनाएका छन् । देशको मुख्य समस्या नै भ्रष्टाचार भएकाले त्यसविरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
रिपोर्टर्स क्लब नेपालमा आइतबार साइकलयात्राबारे जानकारी दिदै श्रेष्ठले भ्रष्टाचारमुक्त समाज निर्माण गरी धर्म र संस्कृतिको रक्षा गर्नु आजको आवश्यकता रहेको बताए । देशको प्राकृतिक स्रोत साधनको उचित सदुपयोग गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।
देशमा व्यवहारिक शिक्षा आवश्यक रहेको विषय भ्रमणबाट थाहा पाएको बताए । साइकल यात्राको उद्देश्य देशको वास्तविक अवस्था बुझ्नु रहेको उनको भनाई थियो ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ९ : ३१ बजे