१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गुठी विधेयक छलफलमा पत्रकारलाई निषेध


२ असार २०७६, सोमबार  

0
Shares


२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारमा बोलाएको गुठी विधेयकसम्बन्धि छलफल पत्रकारलाई प्रवेश गर्न रोक लगाइएको छ ।
युरोप भ्रमणबाट फकिएपछि विधेयकका विषयमा छलफल शुरु गरेका प्रधानमन्त्रीले पत्रकारहरुलाई वालुवाटारको ढोकामै रोकेका हुन् । बैठक चलिरहदा पत्रकारहरुलाई खाजा खान क्याण्टिनसम्म पनि जान दिइएको छैन । पत्रकारहरु वालुवाटारमा हुने हरेक छलफलमा निवास स्थलसम्म जान अनुमति दिने गरिएको थियो ।
प्रधानमन्त्री निवासको ढोकै नजिकको हलमा शुरु वैठकमा फोटो खिच्न भिडियो खिच्न पनि बोलाइन ।

प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे काठमाडौं उपत्यकाका जनप्रतिनिधिहरुलाई बोलाएर छलफल गरेका हुन् । वैठकमा उपत्यकाा सासंद,मेयर उपमेयरदेखि वडाध्यक्षसम्म बालुवाटार पुगेका छन् ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ५ : ४५ बजे