२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एकल महिला मनाए नवौं अन्तराष्ट्रिय दिवस


८ असार २०७६, आइतबार  

0
Shares

८असार ०७६,काठमाडौं । नवौं अन्तराष्ट्रिय एकल महिला दिवसको अवसर पारेर मानबअधिकारको लागि एकल महिला समुहले ७० बर्ष पार गरेको अवसर पारेर जेष्ठ एकल महिलालाई सम्मान गरेको छ ।
एकल महिलाहरुको आर्थिक शसक्तिकरण दिगो बिकासको लक्ष्यको आधार नाराका साथ मानब अधिकारको लागि महिला, एकल महिला समुहले बूढानिलकण्ठ नगरपालिका नगर प्रमुख उद्धव प्रसाद खरेलको प्रमुख आतिथियता मानगरपालिकाको ६ र ७ मा बस्ने ५४ जना एकल बृद्ध महिलालाई सम्मान गरिएको हो ।


संयुक्त राष्ट्र संघको महासभाले सन २०१० को जुन महिनाको २३ तारिक देखिअन्तराष्ट्रिय एकल महिला दिवस मनाउन थालिएको हो । लाखौं एकल महिला र उनीहरुमा आश्रीतले भोगीरहेको गरीबी र अन्यायलाई सम्बोधन गर्न राष्ट्रसंघले एकल महिला िदवस मनाउने घोषण गरेको थियो । नेपालमा वैवाहिक आधारमा कुनै पनि महिलालाई भेदभाव गर्न हुन्न भन्ने सोेचका साथ शुरु गरी एकल महिला मात्र नभई परिवारका समुदाय तथा राष्ट्रलाई नै योगदान गर्न सक्ने बनाउने अभियानमा लागीरहेको यस संस्थाले अमानवीय, अन्याय तथा विभेदपुर्ण व्यवहारको विरुद्ध आवाज उठाउदै यस दिवस मनायो ।


उक्त कार्यक्रममा नगर प्रमुख उद्धब खरेलले एकल महिला तथा जेष्ठ नागरिकहरुको लागि हरप्रहर नगरपालिाका खुल्ला रहेको र आफुले सक्दो ग्रर्ने प्रतिबद्धता व्यक्त र्गनुभयो । भने संस्थाकी संथापीका लिलि थापाले एकल महिलाका जिउदो इतिहासहरुलार्इ सम्मान र्गन पाउँदा र्हषित भएको बताइन् ।
सम्मान कार्यकम मानबअधिकारका लागि महिला एकल महिला समुहका अध्यक्ष कुन्दा शर्माको सभापतित्वमा र बुढानिलकण्ठ नगरपालिकाको नगर प्रमुख उद्धब खरेलको प्रमुख आतित्थ्यमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ७ : ४७ बजे