२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चोरीको आरोपी प्रहरी हिरासतमै मृत फेला


९ असार २०७६, सोमबार  

0
Shares


महेश सिंह महतो
९ सिरहा २०७६, असार । लहानबाट करिब १० किलोमिटर दक्षिण पर्ने महेशबारी प्रहरीको हिरासतमा थुनिएकी सुमनदेवी ठाकुरको शव आइतबार बिहान करिब सवा ७ बजेतिर झुण्डिएको अवस्थामा भेटिएकी छिन् । जिल्ला प्रहरी प्रमुख उपरीक्षक उमाप्रसाद चतुर्वेदीको अनुसर सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ५ महेश बारीस्थित इलाका प्रहरी कार्यालयको हिरासतको शौचालयमा सुमनदेवी ठाकुर आइतबार बिहान झुण्डिएर मृत्त भएको अवस्थामा भेटिएकी हुन ।
उनी केहि महिना पहिला पनि दुई पल्ट चोरीको मुद्दामा पक्राउ परेकीे थिइन । उनी धरैटीम छुटेकी थिइन् । एक महिलाको मोवाइल चोरी गरेको आरोपमा उनी शनिबार साँझपख लहान बजारबाट पक्राउ परेकी थिइन् ।
हिरातसतमा झुण्डिएर महिलाको मृत्यु भएपछि आइतबार बिहान प्रहरी उपरीक्षक चतुर्वेदीसहित इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजाल, सखुवानन्कारकट्टी गाउयँपालिका अध्यक्ष केदारनाथ यादव, उपाध्यक्ष अमलादेवी यादव, वडाध्यक्षहरु महेशबारी प्रहरी कार्यालयमा पुगेका थिए । शव भेटिएपछि जनप्रतिनिधि,मावनअधिकारकर्मीको रोहवरमा घटनास्थल प्रकृति मुचुल्का उठाएपछि शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक ल्याइएको प्रहरी नायव उपरीक्षक रिजालले बताए । लहान प्रहरीको हिरासतमा ठाउँ अपुग भएपछि महिला प्रहरीसहित बैंकिङ्ग कसुर आरोप लागेकी महिलासँगै ठाकुरलाई पनि महेशबारी प्रहरीमा पठाइएको प्रहरीले जनाएको छ । प्रहरी हिरासतमा अर्की महिलासँगै सुतेकी ठाकुर बिहान करिब ६ बजेतिर उठेपछि शौचालय जान्छु भन्दै गएको करिब २० मिनेटसम्म पनि नफर्किएपछि महिला प्रहरी गएर हेर्दा झुण्डिएको अवस्थामा भेटिएको उनले बताए । सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर घर भएकी २५ वर्षीया ठाकुरले पहिलो पतिसँग सम्बन्धविच्छेद गरी स्थानीय लक्ष्मण ठाकुरसँग करिब पाँच वर्षअघि दोस्रो विवाह गरेकी थिइन् । पहिलो पतिपट्टि एक छोरा भएपनि बाबुसँगै बस्दै आएका छन् ।
लहानस्थित एक मोवाइल बिक्री गर्ने पसलमा मोबाइल बेच्ने क्रममा लहान प्रहरीले ठाकुरलाई शनिबार साँझ करिब ५ बजेतिर पक्राउ गरेका थिए । पक्राउ परे लगत्तै लहान प्रहरीको हिरासतमा पुर्याइएकी ठाकुर र बैंकिङ्ग कसुरको मुद्दामा काठमाडौंमा पक्राउ गरी लहान ल्याइएकी अर्की महिलासँगै राखिएको थियो । ठाकुरले दोस्रो विवाह गरेपछि पतिसँग कल्याणपुर र लहानमा डेरा लिएर बस्दै आएकी हुन ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ११ : २१ बजे