१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


यसरी हेरौं एसईईको नजिता


११ असार २०७६, बुधबार  

0
Shares

११ असार ०७६ , ललितपुर । विद्यार्थी जीवनको महत्वपूर्ण र फलामे ढोका मानिने एसईईको नतिजा सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज सूचना प्रकाशन गरेर एसईईको नतिजा हेर्ने तरिका प्रकाशन गरेको छ ।
गतचैत १० गतेदेखि २१ गतेसम्म सञ्चालन भएको परिक्षा असारको पहिलो साता प्रकाशन गर्ने सूचना जारी गरिएको थियो । तर
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी आवश्यक तयारी नपुगेको भन्दै केही पछाडि धकेलेको हो । एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम तयारी भइरहेको उपनियन्त्रक चेतनाथ शर्माले वताए । प्रदेश २ मा भने चैत २२ गतेदेखि २९ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । उपनियन्त्रक शर्माले कुनै प्राविधिक त्रुटि नभए आज बेलुकीसम्म र प्राविधिक त्रुटि आए भोलिसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको बताए । यसवर्ष देशभरबाट नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र पहिलेको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।

यस वर्ष विभिन्न ५ सेवाप्रदायक कम्पनीहरुबाट एसएमएसबाट एसईई हेर्न सकिने व्यवस्था मिलाइएको छ । एस एसमएसबाट एस ईईको नजिता गर्न परिरिक्षा केन्द्रले प्रकाशित गरेको यस्तो सूचना प्रकाशित गरेका ेछ । हेर्नुस् सूचना

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  १० : ०६ बजे