६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


सात वर्षे वालकको आत्महत्यापछि विद्यालय तोडफोड


१२ असार २०७६, बिहिबार  

0
Shares

लपु संवाददाता
१२ असार ०७६, ललितपुर । ललितपुरको माल्टास्थित कालीदेवी माध्यमिक विद्यालयका शिक्षकलाई प्रहरीले छोडेपछि तनाव भएको छ । घटनाको बारेमा प्रहरीले पक्राउ गरेर सोधपुछपछि शिक्षकहरुको दोष नरहेको भन्दै प्रहरीले छोडेपछि स्थानीयले विद्यालयमा तोडफोड गरेका हुन् ।
दोषिलाई छोडेको भन्दै स्थानीयले कालिदेवि माविमा तालाबन्दी गर्न आएपछि तनाव भएको वडाध्यक्ष विजय कुमारले वताए । उनले भने ‘गाँउका केही युवाहरु मादकपदार्थ सेवन गरेर ताला लगाउने भन्दै आएका रहेछन् । हामीले रोक्यौ ।’
उनका अनुसार तालाबन्दी अघि ढोका झ्यालमा लात्ताले हानेर सामान्य तोडफोड गरेका छन् ।
५ मा पढ्दै गरेका विद्यार्थी समीर लुङवाले परिवार र विद्यालयका शिक्षकबाट माया नपाएको भन्दै सुसईड नोट लेखेर आत्महत्या गरेपछि विद्यालयमा तनाव भएको हो । मदिरा सेवन गरेर आएर तोडफोड भएपछि बुधबार स्कूलमा तनाव भएको प्रधानाध्यापक कुमार चौलागाईले बताए । उनले भने,‘विद्यालयमा दिनभरजसो आतंक मच्चियो । पढाई भएन ।’


प्रधानाध्यापक चौलागाईका अनुसार चिनेका स्थानीय व्यक्ति स्कूल तोडफोड गर्न पुगेका थिएनन् ।
महानगरिक प्रहरी वृत्त चापागाँउका डिएसपि राजकुमार खाइजुका अनुसार शिक्षकहरुलाई आवश्यक सोधपुछपछि छोडिएको हो । उने भने, हामीले हिजो पनि बोलाएर फेरि सोधपुछ ग¥यौं । आवश्यक परे फेरि बोलाउछौं ।
वडाध्यक्ष लोका अनुसार विद्यार्थी लुङ्वाको नाममा अक्षयकोष निर्माण गरिने भएको छ । ‘स्थानीय, शिक्षक र अभिभावकबाट रकम उठाएर कोष खडा हुन्छ । हरेक वर्ष विद्यार्थीलाई पुरस्कार छात्रवृत्ति वितरण गरिन्छ ।’ उनले भने ।
कालीदेवि माविका प्रधानाध्यक कुमार चौलागाईका अनुसार विद्यार्थी समिर लुङ्वालाई कुनै सजाय नदिइएको दावी गरे । उनले भने, ‘उसले घर परिवारलाई पनि दोषी देखाएको छ । शिक्षकहबाट अपराधमा जोडिने कुनै काम भएको छैन ।’

विद्यालयका शिक्षक शिक्षिकाहरु लक्ष्मी महर्जन, नारायण प्रसाद बन्जाडे , बिनोद बजगाईं ,श्याम सुन्दर तिमल्सिना , चरिमाया लामालगायतले विद्यालयमा त्रास श्रृजना भएको भन्दै बागमती गाउँपालिका ,गाउँ शिक्षा समिति तथा २ नं वडा कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रकाशित मिति : १२ असार २०७६, बिहिबार  ७ : ५० बजे