१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एनजिओलाई झण्झण्ट बढाउदै स्थानीय सरकार


१४ असार २०७६, शनिबार  

0
Shares

लपु संवाददाता
१४ असार ०७६, ललितपु्र । स्थानीय सरकार गठनपछि गैरसरकारी संस्थाहरुलाई झन्झट बढेको गुनासो गरेको छन् । गतविहीबार इह्रिकनको आयोजनामा ललितपुरमा आयोजित अन्तत्र्रिmयामा सरोकार वालाहरुको यस्तो धारणा आएको हो ।

अन्तक्रियामा सहभागी नहुदाकी राधा ज्ञावालीले हरेक गाँउपालिकामा दर्ता रिन्यु र कर तिर्दै काम गर्दा अप्ठ्यारो परेको बताइन् । उनले भनिन्, ‘सबै ठाँउमा एउटै नियम छैन । ठाँउपिच्छे फरक नियममा बाधिएर काम गर्नुपर्छ । अपठ्यारो छ ।’

आफन्त नेपालका चन्द्रप्रकाश महर्जनले पहिले सिफारिस मात्रै लिए पुग्ने अवस्थामा अहिले सबै ठाँउमा दर्ता, रिन्यु र कर तिर्ने व्यवस्था रहेको कारण सरकारी झमेला बढेको दुखेसो पोखे । उनले भने, ‘स्थानीय प्रशासनसँग समन्वय हुने भए पनि सरकारी झन्झटिला प्रकृया पुरा गर्न अलि कठीन नै छ ।’

इह्रिकनका कानूनी सल्लाहकार टंक आचार्यले स्थानीय सरकार गठनपछि एनजिओको आवश्यकत्ता घट्दै गइ रहेकोतर्फ गैरसरकारी संघ संस्थाहरु चनाखो हुनु पर्ने आवश्यकत्ता औल्याए । उनका अनुसार सरकारले नयाँ परिस्थिती अनुसार नयाँ कानून बनाउने प्रकृयामा रहेकोले सरोकारवालाबीच लामो छलफल हुनु आवश्यक रहेको चर्चा गरे । उनले भने, ‘एक ठाँउमा दर्ता भए पछि जहाँ गएर पनि काम गर्न पाउनुपर्छ । गैरसरकारी संस्थाले देशभित्रै जहा गयो त्यहा दर्ता गर्नु पर्ने अवस्था अन्त्य हुनुपर्छ ।’

गोदावरी ६ का वडा सदस्य गम्भिर राणाले एनजिओहरु स्थानीय सरकारलाई घाडो नभएको तर्क गरे । उनले भने,‘हामी मिलेर काम गर्न तयार छौं । तर नराम्रो काम गर्नेहरु हाम्रो गाँउतिर नआउन् भन्ने मनशाय मात्रै हो ।’
इह्रिकनकी अध्यक्ष मीना शर्माले जिल्लामा भएका गैर सरकारी संस्थाहरु संगठीत भए स्थानीय सरकारसँग समन्वय गर्ने वातावरण बन्दै जाने अवस्था आउने वताइन् ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ८ : १६ बजे