
महेश सिंह महतो
१४ असार ०७६ सिरहा । सिरहाको वरियारपट्टी ५ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आफ्नै खेतमा विहान ५ वजेतिर पानी लगाउने क्रममा विजुलीको तार सार्ट भई १७ बर्षय ध्रब भन्ने ध्रवकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्तकलाई पोष्टमाटकोे लागि लहान अस्पतालमा राखीएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता अपिल राज वोहरा वताए ।
वरियारपट्टी गाउँपालिकामा रहेको विधुतीय पोल झर्दा ४४० भोल्ट बिधुत प्रवाह भएको थियो । वरियारपट्टी ३ नवटोलिमा खेतीको लागि जडान गरीएको ४४० भोल्ट प्रवाह गरेको हो ।
सोही ठाँउ ३ नवटोलि वस्ने नेपुर देवि सर्मा,देवकी कामत र उमठी शर्मा घाँस काट्न खेत गएको समयमा भोल्टेज घटबड हुँदा तार सर्ट भई खस्दा समान्य घाईते भएको एक प्रत्यक्षदर्शी वताए
प्रतिक्रिया