महेश सिंह महतो
१४ असार ०७६, सिरहा । पूर्वपश्चिम राजमार्ग अन्र्तागत सिरहामा सञ्चालित मारुती सिमेन्टले सामुदायिक वनको करिब ४ बिघा जग्गा अतिक्रमण गरेको छ । यसभन्दा अघि ०७५ साल असोजमा सोही वन उपभोक्ता समूह मातहतमा रहेका कुल ३१ हेक्टर जग्गामध्ये मारुती सिमेन्टले कब्जा गर्न खोजेको थियो । असार १ गते जोवाहा प्राकृतिक सामुदायिक वन परिसरमा हुर्कंदै गरेका विरुवामा क्षति पुर्याएको भन्दै नस्कर र अधिकारीलाई स्थानीयको सहायतामा पक्राउ गरिएको छ ।
मारुती सिमेन्टले सामुदायिक वनको करिब ४ बिघा जग्गा व्यक्तिको नाममा सारेर मारुती सिमेन्ट उद्योगले अतिक्रमण गर्न निरन्तर प्रयास गर्दै आएको छ । यसपटक पनि जग्गा कब्जामा गर्न मारुति सिमेन्ट प्राविधिकको साथमा माटो टेस्ट गर्नका लागि मेसिनसहित पुगेको थियो । मेसिनसहित उत्खन्न गरिरहेको अवस्थामा स्थानीयवासिन्दाहरुले रोकेका थिए । र उनीहरुले गाडिसहित मेसिन पनि नियन्त्रणमा लिएका थिए ।
तर, अहिले फेरि मारुती सिमेन्टले वनको जग्गा अतिक्रमण गर्न सुरु गरेको छ । नापी विभागले २०२२ सालमा बुट्यान वन क्षेत्र भनेर उल्लेख गरेको थियो ।
जग्गा अतिक्रमण गर्ने क्रममा दुई वन फडानीकर्ता समेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत कोलकाताका विश्वजित नस्कर र आलोक अधिकारी रहेका छन् । उनीहरुलाई अहिले सिरहा वन कार्यालयको हिरासतमा राखिएको छ । गतवर्ष वडाध्यक्ष राम पुकार कामती, स्थानीय, वन कर्मचारीको उपस्थितमा मारुती सिमेन्टका तर्फबाट मनोज श्रेष्ठसँग छलफल भएको थियो । छलफलमा कारखानाले लेटर पेडमा यस वरपर रहेको वनको जग्गा तत्काल अतिक्रमण नगर्ने लिखित प्रतिबद्धता भएको थियो । तर, उक्त सम्झौता गरेको एक वर्ष नबित्दै फेरी मारुती सिमेन्टले सामुदायिक वनको जग्गा अतिक्रमण गर्न सुरु गरेको छ । यसरी सामुदायिक वनको जग्गा अतक्रमण गर्ने मारुती सिनेन्टलाई कारबाही गर्नुको साटो पक्राउ परेका दुई वन फडानीकर्तालाई छुटाउन सम्वन्धित निकाय नै लागि परेका छन् । सिरहाका जिल्ला वन अधिकृत दासले आफूमाथि कुनै दबाद नआएको बताए । ‘म माथि कुनै दबाब आएको छैन । म वनको ऐन नियम र कानुन अनुसार आफ्नो काम गर्छु । कसैको दबाब म काम नगरेको वताए । सिरहाका जिल्ला वन अधिकृत दासले यस विषयमा के कस्तो कारबाही हुन्छ भन्ने अनुसन्धान जारी रहेकाले अहिले नै भन्न नसकिने बताए । त्यस्तै सिरहाका जिल्ला वन कर्मचारी अमरेन्द्र यादवका अनुसार रोडको पश्चिमी क्षेत्रमा रहेको उक्त १८ हेक्टर जग्गामध्ये केही जग्गा सुकुम्वासीका नाम थियो । सुकुम्वासीको नाममा रहेको सो जग्गा सुकुम्वासी आयोगमा दर्ता छ । तर, मारुती सिमेन्टले उक्त जग्गा आफ्नो नाममा बनाएर अतिक्रमण गर्दै आएको छ । जसलाई स्थानीयले अस्वीकार गरेका छन् ।
यसैबीच सिरहाका जिल्ला प्रशासन प्रमुख (सिडियो) गोपाल अधिकारीले भने सार्वजनिक जग्गा अतिक्रमण भएको हो भने छानबिन हुने बताए ।
‘यदि जग्गा अक्रिमण भएको छ भने उक्त जग्गा सरकारको नाममा फिर्ता ल्याइन्छ ।’ उनले भने, ‘आज नापी पठाएको छु । सिरहा नापी कार्यालयबाट नापी अधिकृतसहितको टोली त्यसतर्फ जानुभएको छ । उहाँहरुले प्रारम्भिक अनुसन्धान गरेपछि अगाडीको प्रतिक्रिया बढाइन्छ ।’ नापी टोलीले ल्याएको निष्कर्ष अनुसार सम्बन्धीत सबै पक्षलाई बोलाएर छलफल गरिने उनले बताए । साथै सम्बन्धित पक्षहरुसँग भएको आधार प्रमाणहरु लिने र जग्गा अतिक्रमण भएको छ भने कारबाही प्रक्रिया अगाडी बढाउने उनले बताए ।
मारुती सिमेन्टको स्वाइल टेष्ट गर्ने मेसिन, बा १६ च २५८१ नम्बरको बोलेरो, परपसन मेसिन १ थान, टाइपट पाइप ३ फिटको ६ थान, २ फिटको एक थान, कोसिंग पाइप ४ थान, हमर सेट, बेलर चिजेल १ सेट, पाइप रिन्च २ सेट, ड्रम १ सेट, रिन्चको भाँडो १ सेटसहित सामानहरु स्थानीयले बरामद गरेका थिए ।
प्रतिक्रिया