११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


‘दुई तिहाईको सरकार पूरानै पारा’


१७ असार २०७६, मंगलबार  

0
Shares

१७ असार ०७६, काठमाडौं । पूर्व अर्थमन्त्री शंकर कोइरालाले दुई तिहाईको सरकार हुँदापनि विकास खर्चबारे पूरानै पारा देखिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेका छन् ।
कोइरालाले भने,‘विकास त सकारात्मक रुपमा अगाडि बढेको छ । असारे विकासको कुरा गर्दा पहिले अस्थायी सरकार भन्ने बनिबनाउ कारण थियो, अब स्थायी सरकार आएको छ । दुई तिहाईको सरकार बनेपछि पूरानो रोग कम हुने आधार थियो ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आयोजना कार्यान्वयनको क्षमतापनि बढाउनुपर्ने बताए । त्यस्तै, कार्यान्वयन निकायले पनि आफ्नो जिम्मेवारीपन देखाउनुपर्ने कोइरालाको सुझाव छ । उनले भने,‘कार्यान्वयनको सन्दर्भमा राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्ड गर्नुपर्छ ।’
त्यस्तै उनले बजेटमा परिपक्व योजनामात्रै पार्नुपर्ने धारणा राखे । ठेक्का, टेण्डर दाबी विरोधमा पनि केही समस्या रहेको उनको टिप्पणी छ । लगाईएका ठेक्काहरुको अनुगमन राम्रोसँग गर्नुपर्ने उनले सुझाए ।
सरकारले कर्मचारी समायोजनको नाममा लामो समय अलमल गरेको र संघीय संरचना तयार पार्दा विकास निर्माणको काममा ढिलाई भएको उनको तर्क छ । उनले भने,‘सरकारको खर्च गर्ने क्षमता कमजोर छ ।’

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  १० : ११ बजे