३० चैत्र २०८०, शुक्रबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


साउदी जेलमा रहेका चौधरीलाई ‘ब्लड मनी’


१९ असार २०७६, बिहिबार  

0
Shares

१८ असार ०७६, काठमाडौँ । विगत ३० महिनादेखि साउदी अरेबियाकोे जेलमा रहेका चितवन खैरहनी नगरपालिका–१० गुठौलीका जलेश्वर चौधरीलाई रिहाई गर्नको लागि सामाजिक स्वयंमसेवक नेपाल मिसन चितवन र मिसन झापाको नेतृत्वमा संकलित ३८ लाख १५ हजार रकम पीडितका बुवा सुकरा महतोलाई हस्तान्तरण गरिएको छ ।
संस्थाद्वारा संकलन गरिएको उक्त‘ब्लड–मनी’साउदी सरकारलाई पठाउने तयारी भैसकेको संस्थाका उपाध्यक्ष सागर लामिछानेले बुधबार रिपोर्टर्स क्लब नेपालमा पीडित बुवालाई रकम हस्तान्तरण गर्दै घोषणा गरेका हुन ।
गाडी चलाउने क्रममा साउदी नागरिकको मृत्यु भएपछि बिगत ३० महिनादेखि जेलमा रहेका चौधरीको रिहाईको पहल गर्न गैर–आवासीय नेपाली संघ साउदीबाट ४ लाख पचास हजार सहयोग गर्ने प्रतिवद्वता आएकोे र उक्त रकम साउदीबाट सिधै हस्तान्तरण हुने पनि लामिछाने जानकारी दिए ।
लामिछानेले बैदेशिक रोजगारीको सिलसिलामा विदेशिएका नेपाली नागरिकहरुलाई परेको अप्ठ्यारोमा आफूहरुले सहयोग गर्दे आएको विश्वास दिलाए ।
बैदेशिक रोजगारीको नाममा ठगिएका तथा अलपत्रमा परेकाहरुको उद्वारकै निम्ति आफु इन्डोनेसियाको बालीसम्म पुगेकोे पनि उनले स्पष्ट पारे । उनले भने,‘यो भन्दा पहिला पनि राष्ट्र परिवर्तनको लागि युवा अभियानहरु संचालन गर्दै भ्रष्ट्राचार,विकृति तथा विसंगतिका विरुद्व अभियान चलाउदै आएका छौं ।’ पीडितहरुको सहयोगार्थ आफुले सहयोगमुलक कार्यहरु गर्दे आएको उनको भनाई छ ।
लामिछानेले आफ्नो संस्थाले विभिन्न रोगबाट पीडितहरुको सहयोगार्थ रकम संकलन तथा विपन्न परिवारका विद्यार्थीहरुलाई निःशुल्क शिक्षाको लागि सहयोग गर्न पाउँदा आफुमा खुशि र थप हौसला आएको भएको बताए ।
‘अहिले ब्लड मनिको सिकार बनेका चौधरी जी.आर. मेनपावरको गैरजिम्मेवारीपूर्ण कारणले जीवनमरणको दोसाँधमापुगेकाहुन ।’–उनको भनाई छ । उनले भने,‘साउदी सरकारले ब्लड मनीमा सहमतीजनाउँदापनि राजनैतिकतवरबाट आश्वासनबाहेक कुनै सहयोग नपाएपनि सहयोगीहातहरुले आज एक जना नेपालीको ज्यानबचाउने अभियानमालागेकाहौ ।’
केहीसमय पहिले बारा र पर्सामागएको बिनासकारी आँधिबाट पीडितको उद्वारकार्यमा सहयोग पु¥याएको उनको भनाई छ ।साथै, उनले कुनैपनिप्रकारका बिरामीहरुलाई रगतको अभावभएमाआफ्नो संस्थासंग सम्पर्क गर्नपनिआह्वान गरे ।
कार्यक्रममाबोल्दैरिपोर्टर्स क्लब नेपालका सभापतिऋषिधमलाले लामिछानेले नेपालीहरुको दुःखमा ठूलो सहयोग गरेको भन्दै प्रशंसा गरे । उनले भने,‘लामिछानेजीले धेरै उदाहरणीय काम गर्नु भएको छ, म उहाँको कामको खुलेर प्रसंसा गर्न चाहन्छु ।’
लामिछानेले गरेको कामले आज पीडित परिवारको मुहारमा खुशियाली छाएको बताउँदै धमलाले आगामी दिनमा पनि यस्त ैखाले सहयोगको भावना र असलकर्मलाई निरन्तरता दिन आग्रह गरे ।
‘आज हरेक नेपालीयुवाहरुको लागिबिदेशीनु बाध्यताबनेको छ ।विदेशको जेलमा सयौं नेपालीहरु छन्, उनीहरुको उद्वारमा नेपाल सरकारले ध्यान दिनुपर्छ’–धमलाले थपे ।
‘विदेशकमा रहेका नेपाली नियोगमा रहेका राजदुतहरुले के गरेर बसेका छन ?आफ्ना नागरिकको पीडा सुन्नुपर्देन ?’उनको आक्रोस छ । धमलाले भने,‘म परराष्ट्रमन्त्री,श्रम तथा रोजगारमन्त्री तथ ाप्रधानमन्त्रीलाई अनुरोध गर्छु नेपाली नागरिक बिदेश कुनै रहर नभई बाध्यताबश गएका हुन, उनीहरुका समस्या माध्य दिनुहोस् ।’
कार्यक्रममाबोल्दै साउदी जेलमा रहेकापीडित चौधरीकाबुवा सुकरा महतोले आफ्नो छोरो केही पैसा कमाउनगएको तर झण्डै मृत्युको मुखमापुगेको सुनाउँदै अन्ततः मृत्युको मुखबाट बचाएर घर फर्कने वातावरण बनाउने संस्थाप्रतिधन्यवाददिए।
छोराले केहीकमाउला र परिवारिक समस्या सामाधानहोलाभनेर बाध्यताले छोरालाई बिदेश पठाएको जनाउदै विगतलामो समयदेखि आफु नमरी छोराको मृत्युको खवर कहिले आउने हो भन्दै चिन्तामा बितेको पनि उनले सुनाए ।
‘सबै भगवानको खेल हुँदो रहेछ । आजमलाई यो संस्थामार्फत सहयोग गर्नेहरु सबै भगवान बनेर आउनु भएको छ । सहयोगको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु’–उनले भने ।
‘छोरा कमाएर भन्दा पनि बाँचेर आउने आशामा आफू खुशी रहेको महतोको भनाई छ । उनले भने,‘अब दुःख सुख गरेर भएपनि स्वेदेशमै केही गरेर परिवार पाल्ने छौ ।’ चाँडै नै छोरा नेपाल फर्कनेमा आफु ढुक्क बनेको पनि महतोले विश्वास दिलाए ।

प्रकाशित मिति : १९ असार २०७६, बिहिबार  ७ : ५६ बजे