१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौँबाट चीनको छाङ्सा सीधा हवाई उडान


२१ असार २०७६, शनिबार  

0
Shares


१९ असार ०७६, काठमाडौँ । काठमाडौँबाट चीनको हुनान प्रान्तको राजधानी छाङ्सासम्म सीधा हवाई उडान हुने भएको छ । हुनान एयरपोर्ट ब्यबस्थापन समूह कम्पनी लिमिटेडकी उप–महाप्रबन्धक हुआङ योङफाङले दिएको जानकारी अनुसार अब हप्ताको दुई पटक काठमाडौँ–छाङ्सा सीधा उडान हुने भएको हो ।
यसअघि हुनानको छाङ्सा जानको लागि छन्तु, खुनमिङ वाअन्य एयरपोर्ट प्रयोग गर्नु पर्ने वाध्यता थियो । सीधा उठान नभएकोले नेपाल र हुनानबीच पर्यटक आदान प्रदान हुन नसकिरहेको उल्लेख गर्दै अब धेरै भन्दा धेरै पर्यटक आउजाउ गर्ने उप–महाप्रबन्धक हुआङले बताइन् ।
काठमाडौँमा बिहीबारबाट सुरु ‘हुनान संस्कृति तथा पर्यटन सप्ताह’कार्यक्रममा बोल्दै उप–महाप्रबन्धक हुआङले छाङ्सा र नेपालबीच हुनान प्रान्तिय सरकारले पुलको काम गर्न लागेको उनले बताइन् ।
छाङ्सा एयरपोर्टमा दुईवटा टर्मिनल र दुई वटा रनवे रहेका छन् । यो चीनका ठूला ८ एयरपोर्टमध्ये एक पर्दछ । यो एयरपोर्टबाट एक सय भन्दा धेरै डोमोस्टिक एयरपोर्टमा उडान हुन्छन् भने ४४ वटा अन्तर्राष्ट्रिय एयरपोर्टमा उडान हुने गरेका छन् ।
यो एयरपोर्टमा सम्पूर्ण आधुनिक सुविधाहरु रहेको उप–महाप्रबन्धक हुआङले बताइन् । यो एयरपोर्टबाट ट्रान्जिट उडान पनि गर्न सकिने उनले बताइन् ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ९ : ३५ बजे