लपु संवाददाता
२१ असार ०७६, काठमाडौं । शनिबार दिउसो ४ बजेर १५ मिनेटमा भुकम्प गएको छ । लगातार ३ पल्ट जमिन हल्लिएको थियो ।
शक्तिशाली भुकम्पको धक्का महसुस भएपछि राजधानीबासी सडकमा निस्केका छन् । काठमाडौंमा पानी परिरहेको बेला ठूलो भुकम्पको धक्का महसुस भएपछि उपत्यकामा झन् त्रास बढेको हो ।
४.६ रेक्टर स्केल रहेको भुकम्पको केन्द्रविन्दु भक्तपुररहेको राष्ट्रिय भुकम्प मापन केन्द्रले वताएको छ । केन्द्रको अनुसार यो २०७२ सालकै भुकम्पको पराकम्प हो ।
प्रतिक्रिया