१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विपक्षी संसदको घेरे वेल, संसद अवरुद्ध


२४ असार २०७६, मंगलबार  

0
Shares

संसद अवरुछ गर्दै नेपाली काँग्रेस र राजपाका सभासदहरु । तस्विर ; ललितपुर खबर


लपु संवाददाता
२३ असार ०७९, काठमाडौं । गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका संसद हरुले मंगलबारको बैठक अवरुद्ध गरेका छन् ।
आजको बैठकमा सर्लाहीका घटनाहरुमा गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेको भन्दै सासदहरुले बैठक अवरुद्ध गरेका थिए ।
गृहमन्त्री थापाले राज्य मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न का लागि काम गरिरहेको र सोही क्रममा सर्लाही घटना भएको स्पष्ट पारे ।

संसदमा बोल्दै गृहमन्त्री रामबहादुर थापा ।


विप्लव समुहका कार्यकर्ताले सर्लाहीको लावबन्दी र हरिवन इलाकामा स्थानीय जनप्रातिनिधि र व्यापारीलाई चन्दा माग्दै ज्यान मार्ने धम्की दिने गरेको गुनासो आएको वताएका थिए । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै केन्द्रबाट परिचालित र विप्लव समुहका जिल्ला इन्चार्ज कुमार पौडेलको समुहबीच जम्काभेट भएको र पौडेल समुहको तर्फबाट फायरिङ भएपछि जवाफी फायरिङको क्रममा कुमार पौडेलको मृत्यु भएको जवाफ दिएका थिए ।
सांसदहरुले घटनाको स्वतन्त्र अध्ययनको लागि संसदीय समिति गठन गर्न माग गरेका थिए । तर सभामुख कृष्ण बहादुर महराले छलफलका लागि समय आवश्यक परेको भन्दै प्रकृया अघि बढाउन खोजेपछि विपक्षी दलका सांससदहरुले बैठक अवरुद्ध गर्दै वेल घेरेका थिए ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १ : २६ बजे