१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सिरहाको गाउँ अझै डुवानमा


२९ असार २०७६, आइतबार  

0
Shares

महेश सिंह महतो
२९असार ०७६, सिराहा । सिरहा, सप्तरी र धनुषा क्षेत्रको कमला नदी र बलान नदीमा पानीको बहाब अहिलेसम्मकै उच्च रहेको प्रहरीले वताएको छ ।
सिरहा , सप्तरी र धनुषा जिल्ला जोडने कमला नदीमा पानी खतराको सहतभन्दा माथि छ । कमलाको पानीमा उच्च बहाब आएपछि आसपासका गाउँहरुमा हाईअलर्ट जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहा र सप्तरी, धनुषा र जिल्ला प्रशासन कार्यालय सिरहाले कमला किनारमा रहेको गाउँहरुमा हाईअलर्ट जारी गर्दै सुरक्षाकर्मी समेत परिचालन गरेको हो ।
धनुषाको कमला नगरपालिकाको वडा नं. ४, ५, ६ र ७ , सहिदनगर नगरपालिकाको वडा नं। २ बतराहीमा कमलाको पानी पस्ने सम्भावना छ भने सिरहाको लहान,नवराजपुर,नहर्निया,कजरा, सोठियाईन , देबनगर,भगवानपुर,सिनुरिया र बसपिटटा, सिरहा,कल्याणपुर,चतरी,पर्साही,फुलबरिया लगायतका गाउँहरुमा समेत खतराको संकेत राखिएको छ ।

दुवै जिल्लाका प्रशासनले उक्त क्षेत्रहरुमा हाईअलर्ट जारी गर्दै सुरक्षित स्थान खोज्न आग्रह गरेको हो । बलान खोला र खुटि खोलामा पानीको बहाब निरन्तर उच्च हुँदै गएकोले पानी अहिले खतराको सहतभन्दा माथि आएको छ । विभागले कमला नदी धनुषा९तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तह भन्दा ज्यादै माथि पुगेको र वर्षा हुने क्रम जारी रहने देखिएकोले धनुषा र सिराहा जिल्लाको डुबान भईरहने तटीय क्षेत्रमा रहेका बासिन्दालाई दिनभर सुरक्षित स्थानमा बस्न अनुरोध गरेका गरिएको हो ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ९ : २६ बजे