६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सिरहाको शिवालयमा बोलबमको रौनक


६ श्रावण २०७६, सोमबार  

0
Shares

महेश सिंह महतो
६ श्रावण ०७६ सिरहा । सिरहाका साउनको पहिलो सोमबार शिवलिङ्गमा जल चढाउने भक्तजनको भिड लागेको छ । साउन शिव भक्तका लागि विशेष महिना मानिन्छ । यस महिनामा महिलाहरु साउनमा उपवास पनि बस्ने गर्छन् । साउन महिनाको अर्को आकर्षण हो बोलबम यात्रा । शिवभक्त हिन्दू धर्माबलम्बीहरु पहेँलो पोशाक लगाएर खाली खुट्टा लामो बाटो पैदल हिँडेर बोलबम यात्रा गर्छन् । साउन महिनाको सोमबार अझै विशेष मानिन्छ ।
भक्तजनहरु बन्दिपुरस्थित कमला नदिको उतरबाहिनीबाट जल ल्याइ विभिन्न शक्ति पिठहरुमा चढाउने परम्परा छ ।
उतरबाहिनी नदि देखि मिर्चैया र सिरहाको आ–आफ्नो ठाउँ सम्म बोल बोम भन्दै बाटोमा कहिँ पनि कामरमा जल बोक्न बनाइएको बाँसको सामाग्री कतै नराखी शिव मन्दिर सम्म लाएर विधि बिधान अनुसारले जल चढाइन्छ । यहाँ सोमबार पूजाआजा गर्नेहरुको बाक्लो भीड लाग्छ । त्यतिमात्रै होइन । उतर बाहिनिदेखि बोलबम यात्रा सुरु गर्ने वा अन्य जलासयहरुबाट बोलबम यात्रा गरिन्छ ।
यो सोमबार पनि सिरहाको विभिन्न शक्ति पिठहरु बोलबम यात्रीहरु भेटिए । बोलबम यात्रीमा बालकदेखि वृद्धसम्मको सहभागिता थिए । हरेक शक्ति पिठ्हरुमा घुइँचो बनाउनको लागि विभिन्न किसिमको पुरस्करको ब्यबस्था पनि गारिएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १२ : १२ बजे