३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बनेपाको धनेश्वरमा महायज्ञ हुने


९ श्रावण २०७६, बिहिबार  

0
Shares

लपु संवाददाता
९ आउन ०७६, ललितपुर । धनेश्वर श्रावणी मेलाको सन्र्दभ पारेर यहि साउन २० गतेबाट काभ्रेको धनेश्वर महादेव प्रावि परसरमा सप्ताह महायज्ञ शुरु हने भएको छ । धनेश्वर महादेव प्रावि विकाश एवं निर्माणार्थ १०८ श्रीमत्भागवत संकल्प अभियानकर्ता मुमुक्षु उद्धव शर्माद्वारा श्रीमत् भागवत शुरु हुने भएको हो ।


धनेश्वर मन्दिरबाट श्रावण २० गते कलश यात्रा शुरु हुनेछ । कलश यात्रा बजारका मठ मन्दिर विभिन्न धार्मिक पिठहरु परिश्रमा गर्दै बोल बमका साथमा यज्ञ स्थल धनेश्वर महादेव परिसर पुगेर समापन हुनेछ ।
यस अनुष्ठानमा व्यासआसिन कथाबाचक विदुषि अनुराधा शास्त्रीबाट श्रावण २१ गतेबाट संगीतमय कथा वाचन हुने मुमुक्षु उद्धव शर्माले जानकारी दिए ।
कथा वाचन श्रावण २८ गते सम्पन्न हुने भएको हो । यो १०८ श्रीमत् भागवत स्वर्णकल्यार्ण परिषदको ६४औं अनुष्ठान हो । धनेश्वर विद्यालय व्यवस्थापक समिति मुल समारोह समितीको आयोजनामा हुन लागेको हो ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहिबार  ८ : २४ बजे