१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


‘अर्घाखाँचीको लोक संगीत संसारकै युनिक’


११ श्रावण २०७६, शनिबार  

0
Shares

११ साउन ०७६, काठमाडौं । पुर्वउपप्रधानमन्त्री टोप बहादुर रायमाझीले अर्घाखाँचीको लोक संगीतलाई संसारकै ‘युनिक’ संस्कृतिको रुपमा चित्रण गरेका छन् ।
शनिवार अर्घाखाँची सरोकार समाजले रिपोर्टर्स क्लब नेपालमा मोतीराज खनाल र राधा आचार्य अधिकारीको स्वरमा रहेको ‘सधंै तमासा’ नामक तीज गीतको बिमोचन गर्दै रायमाझीले यस्तो बताएका हुन् । उनले अर्घाखाँची प्राकृतिक, भौगोलीक तथा सांस्कृतिक रुपमा निकै धनी रहेको बताउदै अर्घाखाँचीको पहिचानलाई संसारसामु चिनाउन आवश्यक रहेको बताए ।
गीत संगीतको माध्यमबाट संस्कृितको व्याकरणदेखि भगवान शिवले महिनौं अध्ययन तथा अनुसन्धान गरेको साथै पतञ्जली ऋषिले तपस्या गरेको ठाँउको रुपमा पनि अर्घाखाँचीलाई विश्वभरि चिनाउन आवश्यक रहेको रायमाझीले सुनाए ।
जिल्लामा रहेका पौराणिक तथा सांस्कृतिक धरोहर र स्थानीय मौलिकतामा निकै धनी रहेको बताउँदै जिल्लाको विकास निर्माणका योजनामा बृद्वि भईरहेको पनि नेता रायमाझीले दाबी गरे ।
ढोरपाटन जाने बाटोनिकट भविश्यमा सम्पन्न हुने जानकारी गराउदै उनले सुपा देउराली नजिकको बाटो पनि चार लेनको हुने प्रक्रिया शुरु भईसकेको जनाए । उनले भने,‘अहिले सुपा देउरालीमा हजारौंले रोजगारी पाईरहेका छन् । धार्मिक पर्यटन र सांस्कृतिक संगित क्षेत्रमा पनि अहिले ठूलो प्रगति भइरहेको छ । यसले हामीलाई गर्व तुल्याएको छ ।’
मोतीराज खनालको शब्द तथा गिता पराजुलीको संगित रहेको उक्त गीतको म्युजिक भिडियो सापकोटा प्रोडक्सनले बजारमा ल्याएको हो । चर्चित कलाकार कमल गाउँले, रञ्जु अधिकारी र भीमा लामाको अभिनय रहेको उक्त गीतको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् । गुरु आमा तथा स्मृति तिमिल्सिनाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले क्यामेरामा कैद गरेका छन र कमल सौरागले एरेन्ज गरेका हुन् ।
नजिकिँदै गरेको महिलाहरुको महान पर्व हरितालिका तीजको विशेष अवसर पारेर बजारमा सार्वजनिक उक्त गीतले नेपाली समाजमा रहेका बेथितिहरुको बारेमा उजागर गरेको छ ।
कार्यक्रममा उक्त गिती एल्बम बजारमा ल्याउन योगदान पु¥याउने कलाकार तथा स्रष्टाहरुलाई अर्घाखाची सरोकार समाजले ‘गायक मोतीराज खनाल तथा गायिका राधा अधिकारी प्रमाणपत्र’ प्रदान गरेको छ ।
उक्त अवसरमा समाजले कमल गाउँले, सन्तोष केसी, सुनिल बिसी, रञ्जु अधिकारी, नारायण पाण्डे, सरिता पाण्डे, कृष्ण सापकोटा, लक्ष्मण चापागाँई र गिता पराजुलीलाई सम्मान तथा मायाको चिनो प्रदान गरेको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ९ : १४ बजे