महेशसिंह महतो
१२ श्रावण ०७६,सिरहा । सिरहाको कल्याणपुरबाट दुई युवकलाई शनिबार प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कल्याणपुर नगरपालिका–११ बस्ने सुकना मण्डलका १९ वर्षीय छोरा मनिष मण्डल र कल्याणपुर ३ का कारी मंसुरीको २४ वर्षीय छोरा मो. जाकीर मिया रहेका छन् । शनिबार ११ बजे रातको समयमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटेको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो । गाउँमा घुमफिर गरिरहेको बेला सूचनाको आधारमा साबार रहेको बी. आर. ३२ क्यु. १३८० नम्बरको मोटरसाईकलसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले बताए ।
पक्राउ परेका दुबैमाथि हातहतियार तथा खरखजाना अन्र्तगत मुद्दा चालाइने डिएसपी बोहराले वताए । पछिल्लो समय त्यस एरियामा प्रहरीका विशेषे निगरानी गरिरहेको प्रहरीको भनाई छ ।
१२ श्रावण २०७६, आइतबार
0
Shares
प्रतिक्रिया