६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पोखरीमा डुबेर तीन बालबालिकाका मृत्यु


१३ श्रावण २०७६, सोमबार  

0
Shares

फाइल तस्विर

महेश सिंह महतो
१३ साउन ०७६, सिरहा । सिरहाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुरमा एकै परिवारको तीन बालबालिकाको मृत्यु भएको छ । सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको ज्यान गएको हो । स्थानीय विमल यादवको १० वर्षीय छोरा दीपक यादव र सात वर्षीया छोरी नन्दनी यादवको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको हो । दुवै दाजुबहिनी घरबाट खेल्न गएको तर आइतबार बेलुका अबेरसम्म पनि घर नफर्केपछि अभिभावकले खोज्ने क्रममा स्थानीय पोखरीमा डुबेर मृतावस्थामा दाजुबहिनी फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
सिरहा न .पा. –३ मखनाहामा पनि खाल्डोमा जमेको पानीमा डुबेर ११ वर्षीया काजल दासको जान गएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिउको छ । खाल्डोमा डुबेको बेला स्थानीयले देखेपछि तत्काल उद्धार गरी उपचारका लागि स्थानीय अस्पताल माडरमा पु¥याइउ लगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दियो ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ९ : ५४ बजे