
महेश सिंह महतो
१४ श्रावण ०७६, सिरहा । सिरहाको लहानस्थित पुर्व पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जना गम्भीर घाइते भएका छन् । पश्चिमबाट पुर्वतर्फ आउदै गरेको को.१ क २४१७ नम्बरको क्रेनमा सोही दिशामा आउदै गरेको स.२ प. १८९९ नम्बरको मोटरसाईकल क्रेनमा ठोकिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते हुनेमा मोटरसाईकल चालक लहान नगरपालिका १२ बस्ने २३ बर्षय सुरेश चौधरी रहेका छन् ।
चौधरीलाई दाहिने खुट्टफयाक्चर भएको छ भने उनको टाउको फुटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका ट्राफिक इन्स्पेकटर खगेन्द्र एकतेनले जानकारी दिए । घाइतेको उपचारका लागि लहान अस्पतालमा लगिएको र उपचार सम्भव नभए थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर लैजाने तयारी छ । प्रहरकिा अनुसार दुर्घटनाग्रस्त सवारीसाधनहरु ईलाका प्रहरी कार्यालय लहानमा राखीएको प्रहरीले छ ।
प्रतिक्रिया