३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मंसिर १४ गते उपनिर्वाचन हुने


१८ श्रावण २०७६, शनिबार  

0
Shares


१७ साउन ०७६,काठमाडौं । निर्वाचन आयोगले सबै तहका रिक्त रहेका जनप्रतिनिधिहरुको लागि ५० स्थानमा यही मंसिर १४ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगमा बिहीबार बसेको बैठकले निर्णय अनुसार प्रतिनिधिसभा र प्रदेशसभामा उपनिर्वाचन गर्ने निर्णय भएको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले पत्रकारहरुलाई जानकारी दिएका हुन् ।
गएको फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको मृत्यु भएपछि कास्की क्षेत्र नम्बर २ को सासंद पद रिक्त छ । साथै दाङ क्षेत्र नम्बर ३ को ‘ख’ का सासंद उत्तरकुमार ओली, बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ का सांसद टेकबहादुर घर्ती र भक्तपुर–१ ‘ख’ बाट निवार्चित हरिशरण लामिछानेको निधनपछि सासंद पद खाली छ ।
स्थानीय तहमा चार प्रमुख, एक उपप्रमुख र ४१ वडा अध्यक्षको पद रिक्त छन् । उपनिर्वाचन मिति घोषणा गर्नुअघि आयोगले १८ दलसँग छलफल गरेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ७ : ०९ बजे