६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मच्छिन्द्रनाथ मन्दिरको निर्माण ठप्प


१८ श्रावण २०७६, शनिबार  

0
Shares

बुङ्गमतीमा मच्छिन्द्रनाथ मन्दिर अलपत्र अवस्थामा । २ वर्ष ६ महिना अघि काम शुरु भएको भए पनि अझै का म पुरा भएको छैन ।

१६ साउन ०७५, ललितपुर । ललितपुरको बुङ्मतीमा रहेको मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण अलपत्र परेको छ । ठेकेदार कम्पनीबीचको आपसी विवादले अहिले निर्माणको काम ठप्प भएको पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयले जानकारीको छ ।
श्रीलङ्का सरकारको आर्थिक सहयोगमा निर्माणाधीन यो मन्दिरको पुनर्निर्माणको काम ठेकेदारको लापरवाहीका कारण तोकिएको समयमा पुरा हुन नसकेको स्थानीयहरुको पनि आरोप छ । समयसिमा सकिएर थप भएको अवधिमा समेत ३५ प्रतिशतको हाराहारीमा मात्रै काम भएको हो ।
मन्दिर विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनेपछि मन्दिर पुर्ननिर्माणको ठेक्का प्रेरा भेगिम, थेगिस र तुलसी कन्सट्रक्शन जेभी कम्पनीले पाएका थिए ।
ठेक्का लिएदेखि नै मन्दिर निर्माणका काम सन्तोषजनक रुपमा हुन सकेको थिएन । पाटन दरवार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले ठेकेदार कम्पनीले २ वर्षमा पूरा गर्ने गरी असारमा भ्याटसहित ४ करोड ७४ लाख ४५ हजार १६ रुपैयाँमा ठेक्का पाएको हो ।

ठेक्का अवधिभित्रे काम अघि नभएपछि सरकारले फेरि नौ महिनाको समय थपिएको थियो ।
२०७५ साल फागुनको पहिलो सातासम्म यी तीन कम्पनीले काम गर्न नसकेपछि फागुन १३ को निर्णयले थेगिसलाई हटाएर प्रेरा र तुलसी कन्सट्रक्शनलाई मन्दिर निर्माणको जिम्मेवारी दिइएको थियो ।
ठेकेदार कम्पनीले मन्दिर निर्माणका लागि निर्माण सामग्रीको अभाव देखाउदै आएको थियो ।
मच्छिन्द्रनाथ शिखर शैलीमा निर्माण भइरहेको छ । उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा मनाइने रातो मच्छिन्द्रनाथको क्रममा यही मन्दिरमा राखिने मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखेर पाटन शहरमा १ महिनासम्म डुलाइन्छ । जावलाखेलमा भोटो जात्रा देखाएपछि मच्छिन्द्रनाथलाई बुङ्मतीको यही मन्दिरमा लगेर राखिन्छ । ६ महिना पुरा भएपछि पाटनको अर्को मच्छिन्द्रनाथ मन्दिरमा राख्ने गरिन्छ । भूकम्पपछिको क्षतिका कारण हाल मन्दिर अभावका कारण मच्छिन्द्रनाथलाई टहरो बनाएर राखिएको छ ।

मन्दिरको पुनर्निर्माणमा ढिलाइ हुँदा बुङ्मतीका पर्यटन व्यवसायमा आधारित काम गर्ने स्गानीयहरुलाई असर परेको छ । मन्दिरको दर्शन गर्न आउने पर्यटक नहुदा यहाँका होटल,हस्तकलाका व्यापारी मारमा छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ७ : ५८ बजे