१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


‘काठमाडौंका सहकारी ओरेण्टलका छाउरा’


२५ श्रावण २०७६, शनिबार  

0
Shares

लपु संवाददाता
२५ साउन ०७६, तिखेदेवल । विहीबार काठमाडौंमा आयोजित सहकारीहरुका लागि व्याजदर छलफलको सन्र्दभमा सहकारीकर्मीहरुले व्याजदर सिमाको खुलेर विरोध गरेपछि नेपाल सहकारी महासंघका अध्यक्ष केशव बडाल आक्रोसित भएका छन् । शुक्रबार ललितपुरको कोप व्याङ्केटमा आयोजित व्याजदर सक्बन्धि फलफलमा काठमाडौमा व्याजदर सिमाबारे आलोचना गर्नेहरुलाई अध्यक्ष बडाललें मुखभरिको जवाफ फर्काएका हुन् ।
बडालले काठमाडौंका सहकारीको छलफलका क्रममा विरोध गर्नेहरु ओरेण्टलका छाउरा भन्दै आक्रोस पोखे । सहकारी भेलामा मञ्चबाट मुर्दावादको नारा लगेको सन्र्दभमा बडालले त्याहा सहकारीकर्मी भन्दा अरु नै सहभागी भएर मुर्दावादको नारा लगाएको आरोप लगाए ।
कार्यक्रममा बडालले आफूलाई निरञ्तर फोन धम्की आउने गरेको खुलासा गर्दै भने, ‘मलाई लगातार फोनबाट धम्की आइरहेको छ । म डराउनेवाला छैन ।’ उनले कार्याक्रममा २६ जिल्लाले व्याजदर सिमालाई स्वागत गरेको सन्र्दभ उल्लेख गर्दै भने,‘ओरेण्टलको छाउरा बनेर अभियान नचलाउन अग्रह गर्छु ।’
बडालले व्याजदर सिमाको निर्णय फिर्ता नहुने अड्डी कस्दै भने,‘बरु २ प्रतिशतसम्म सेवा शुल्क लिने व्यवस्था गर्न सकिन्छ ।’
गतसाउन १८ गते सरकारले सहकारीहरुले बढिमा १६ प्रतिशतसम्म ऋणमा व्याज लिन पाउने नियम घोषणा सँगै १९ गतेबाटै कार्यान्वयन गरेपछि केही सहकारीकर्मी विरोधमा छन् । सरकारले लगाएको नयाँ नियममा अधिकतम ६ प्रतिशतसम्म विक्षप र ऋणको व्याज अन्तर (स्प्रेड दर) राखेर कारोबार गर्न अर्को नियम लगाएको थियो ।
यो नयाँ नियमले १६ प्रतिशत भन्दा धेरै व्याजमा ऋण लगानी गरिरहेका सहकारीहरु मर्कामा परेका छन् । बजारमा व्याजदरमा अनियन्त्रित प्रतिश्पर्धा बढेसँगै ऋण लिनेहरुले तिर्नै नसक्ने अवस्था श्रृजना भई धेरै सहकारीहरु समस्यामा पर्न सक्ने आशंकामा सरकारले व्याजदर सिमा लगाएको हो ।
१६ प्रतिशतभन्दा बढी व्याज दरमा कारोबार गर्ने सहकारीहरुले यो नियमको विरोध गरिरहेका छन् भने कम व्याजदरमा कारोबार गर्नेहरुले स्वागत गरिरहेका छन् । बजारमा तुलनात्मक रुपमा १६ प्रतिशत भन्दा धेरै प्रतिशत व्याजदरमा ऋण लगानी गर्ने सहकारीहरु २० प्रतिशत मात्रै रहेको अनुमान छ । अल्पसंख्यक सहकारीहरुको विरोध रहेको यो व्याजदर सिमा सवै स्टक होल्डरहरु मिलेर अघि बढे कार्यान्वयन हुने अवस्था रहेको सहकारीकर्मीहरुको धारणा छ ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ९ : १७ बजे