६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अभावपछि दूध महँगो हुने खतरा


२५ श्रावण २०७६, शनिबार  

0
Shares

२५ साउन ०७६, ललितपुर । आजकल देरी उद्योगहरु देशभर दूधको अभावको मार खेपिरहेका छन् । बजारमा आवश्यकत्ता अनुसार दूधको माग आपूर्ति गर्न नसक्दा उद्योगहरुले उचित लाभ लिन सकेका छैनन् भने उपभोक्तहरुले कम गुणस्तरको दूध उपभोग गर्नु पर्ने बाध्यता श्रृजना भएको छ ।
डेरी उद्योगहरुले चैत्रदेखि साउनसम्म कम दूध बजारबाट उठाउछन् । यो बेला विदेशबाट धुलो दूध आयातमा प्रतिबन्धका कारण नेपाली बजारमा दूधको अभाव देखिएको डेरी उद्योगहरु बताउछन् ।
ब्जारमा दूधको माग सधै एकनास नहुने तर आपूर्ति भने सधै एकनासले हुने हुदा बजारमा माग बढ्दा धुलो दूधले आपूर्ति गर्दै आएका डेरी उद्योगहरु धुलो दूध प्रतिबन्धमा परेपछि मारमा छन् ।
बजारमा दूधको आपूर्ति कम भएको मौका छोपेर डेरी उद्योगहरुले मूल्य बढाउन सक्ने खतरा रहेको उपभोक्ताबादीहरुले शंका गरेका छन् ।
व्यावसायीहरु धुलो दूध प्रतिबन्ध फुकुवा गर्न कृषि तथा पशुपन्छी मन्त्रालयसँग माग गर्दै आइरहेका छन् ।
क्ेही दिनअघि कृषिमन्त्री चक्रपाण खनालले दूधको अभाव हुन थालेपछि उद्योगीहरुसँग छलफल चलाउका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ९ : २५ बजे