२६ साउन ०७६, ललितपुर । १९९० माग २ गते भयङ्कर ठूलो भुकम्प गयो । ८.४ रेक्टरस्केल मापन गरेको त्यो भुकम्पले काठमाडौं तहसनहस पारेको थियो । त्यस बेला २२ तलाको धरहरा टुक्रा टुक्रा भएको थियो ।
त्यस दिन दिउसो २ बजेर ५६ मिनेट जाँदा गएको महाभुकम्पपछि सयौं स–साना भुकम्प गए । ठूलो भुकम्पपछि साना साना पराकम्प गएपछि जहाँ त्यही त्रास फैलिएको थियो । सबैजसो काठमाडौंबासीले त्यसबेला खुला चौरमा बसेर रात काटे ।
भुकम्पले पाटन भक्तपुर र वसन्तपुरको दरवार क्षेत्रमा ज्यादा क्षति पुग्यो । दर्जनौ मन्दिर भत्किए ।
काठमाडौंको सम्पदा क्षेत्र भत्केपछि निर्माणका लागि सुर्कि प्रयोग गरिन्थ्यो । सुकी बनाउन चुन ईंटाको धुलो र दाललगायत विभिन्न पदार्थ मिसाएर बनाउनु पर्थो । काठमाडौंका मन्दिर र दरवार बनाउन सुर्कीमा मिसाउने दाल अभाव भए पछि राणा सरकारले देशभर दाल खानका लागि प्रतिवन्ध लगाएको थियो । त्यसताका कसैले दाल भाल खाएको उजुरी गरे कारवाही भोग्नु पर्थो । काठमाडौंका मन्दिर र दरवारहरु पुर्ननिर्माण सकिएपछि मात्रै दाल खान पाइने कानून लगाइएको थियो ।
त्यसबेलाका जीवित बृद्धहरुका अनुसार भुकम्पपछि पहाडतिर ध्वजा नै ध्वजा फाटेको थियो । मुहान सुकेको थियो भने नयाँ ठाँउमा मुहान पलाएको थियो । काठमाडौं शहरमा बनेका काँचो र्इंटाले बनेको घरहरु प्रायः सबै भत्केका थिए ।
राणा सरकारले कालोबजारी हुनसक्ने सम्भावना देखेर कसैले अनुचित मुल्यमा नून तेल बिक्रि वितरण गरे । पाँच जना साक्षी राखेर काट्न सक्ने उर्दि जारी गरिएको थियो भन्ने जनश्रृति छ ।
त्यस ताका टेलिफोन थिएन मोटर खासै थिएनन् । कहाँ कति क्षति भयो भन्ने विषयमा गाँउका तालुकदारमार्फत विवरण संकलन गरिएको थियो ।
प्रतिक्रिया