८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


लगनखेल–सातदोवाटो सडक विस्तारमा नयाँ किचलो


२७ श्रावण २०७६, सोमबार  

0
Shares

लपु संवाददाता
२७ साउन ०७६, सातदोवाटो । सरकारले लगनखेल सातदोवाटो सडकका स्थानीयबासीलाई क्षतिपूर्ति नदिंई किचलो निकालेपछि सडक विस्तार अपलत्र पर्ने छाँटकाट देखिएको छ ।
लगनखेल सातदोवाटो सडकमा ११ वटा घरको क्षतिपूर्ति दिन बाँकी रहेको छ । यहाँका ४३ वटा घरले यसअघि नै क्षतिपूर्ति लिएर घर भत्काएका छन् । भने ७ घर परिवार ९० प्रतिशत भन्दा धेरै जग्गा सडक मापदण्डमा परेको हुँदा सडक विस्तारपछि विस्तापित हुनु पर्ने अवस्था आएको भन्दै जग्गा सहितको क्षतिपूर्तिको माग गर्दै निवेदन दिएका छन् ।
तर सरकारले नयाँ किचलो झेकेर सडक विस्तारमा आफैले अल्झन ल्याएको छ । सडक मापदण्डभित्र परेको समयभन्दा पछि कित्ताकाट गरिएका भन्दै आफूहरुलाई क्षतिपूर्ति नभराएको पिडितहरुको आरोप छ । ती मध्ये ७ वटा घरहरुसँगै जग्गा सहितको मुआव्जा माग गरेर घर धनीले निवेदन दिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजना ललितपुरका इन्जिनियर पूर्ण महर्जनले बताए ।


ललितपुर जिल्ला आयुत्त दिनेशकृष्ण पोते यी घर जग्गालाई विशेष प्रकृतिको रहेको भन्दै बैठकहरु बसेर निर्णय लिएर मात्रै प्रकृया अघि बढाउने योजना रहेको बताउछन् ।
लगनखेल सातदोवाटो सडक विस्तारको क्रममा ५४ वटा घर सडक मापदण्डमा परेको थियो । सरकारले अधिकाशं घरहरुको केही बर्ष अघि नै मुआव्जा वितरण भइसकेको छ । भने सडक मापण्डण्ड तोकेपछि जग्गाको कित्ताकाट भएको भन्दै सरकारले स्थानीयलाई जग्गाको क्षतिपूर्ति नदिई झुलाईरहेको स्थानीयबासीको आरोप छ । सडकमा रहेको घर दाजुभाईका बीच अंश बण्डा भइसकेको अवस्थामा भत्काउनु पर्दा जग्गा धनीलाई अन्याय पर्ने भन्दै घर जग्गा नै गुमाउनु पर्दा सरकारले क्षतिपूर्ति दिनु पर्ने स्थानीय बासिन्दाले जिकिर गरेका छन् ।
इन्जिनियर पूर्ण महर्जन यसरी क्षतिपूर्ति दिदा नयाँ नजिर बस्ने हुँदा आफूहरुले क्षर्तिपूर्ति दिन नसकेको वताए । उनले भने, ‘सरोकारवाला निकायहरुले निर्णय गरेपछि क्षतिपूर्ति दिन्छौ ।’
सरकारले नख्खु भैसेपाटी,सातदोवाटो चापागाँउ,सातदोवाटो गोदावरी,ग्वार्को लूभू लामाटार र लगनखेल सातदोवाटो सडक विस्तारको काम गरिरहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ९ : ४४ बजे