६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ललितपुरमा गाईजात्रा फुटबल हुदै


२८ श्रावण २०७६, मंगलबार  

0
Shares

२८ साउन ०७६, ललितपुर । दिनेश स्मृति कप गाईजात्रा फुटबल प्रतियोगिता बिहिबारबाट ललितपुरमा सुरु हुने भएको छ । १६ औं संस्करणको यस फुटवल नमुना खेलकुद क्लबको आयोजनामा प्रत्येक वर्ष गाइजात्रा पर्वको अवसरमा आजोजना हुँदै आइरहेको छ ।
प्रतियोगिता शुक्रबार पनि हुने भएको छ । प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजारसहित ट्रफी प्राप्त गर्ने छन् ।
प्रतियोगितामा गतवर्ष जस्तै यस पटक पनि पराजित भएका टोलीहरुबीच पेनाल्टी सुटआउट प्रतियोगिता गराउने र पेनाल्टी सुटआउट विजेतालाई नगद १० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा गोदावरी क्षेत्रमा खेलकुदमा सक्रिय ६ वटा स्थानिय क्लबहरु र उपत्यका भित्रको विभिन्न ८ क्लबहरुको गरि १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिता ललितपुरको गोदावरी नगरपालिका वडा नं.३ स्थित बसपार्क नजिकको खेल मैदानमा हुने भएको छ, जहाँ प्रदेश सरकारबाट बहुद्देश्यीय रङ्गशाला समेत निर्माण हुदैछ ।

२०७५ सालमा आयोजित गाईजात्रा कपका विजेताहरु
ट्रफीका साथ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ७ : ४३ बजे