३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दूधको मूल्य १० रुपैयासम्म बढ्ने


२ भाद्र २०७६, सोमबार  

0
Shares

२ भदौं ०७६, ललितपुर । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा गठीत कार्यदलले सोमबार दूधको मूल्य बढाउन सिफारिस गरेको छ । सोमबार बसेको बैठकपछि कार्यदलले दुधको मूल्य बढाउन आवश्यक रहेको प्रतिवेदन पेश गरेको हो ।
कार्यदलले सुख्खा याममा लिटरको १० रूपैयाँ र वर्षा याममा प्रतिलिटर ६ रूपैयाँ बढाउन मन्त्रालयलाई सिफारिस गरेको छ । बढेको दूधको मूल्यको ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत उद्योगी र ब्यापारीलाई जाने बोर्डका दिने गरि मुल्य बढाउन लागिएको हो ।
कार्यदललले सिफारिसको आधारमा मन्त्रालयले केही दिनमै मूल्य बढाउने तयारी छ । उद्योगीहरुले लामो समयअघिदेखि दूधको मूल्य नबढेको भन्दै आन्दोलनको तयारी गरेपछि सरकारले कार्यदल बनाएर दूधको मोल बढाउने प्रकृयामा लागेको हो ।
पछिल्लो समयमा डेरी उद्योगहरुले आवश्यकत्ता अनुसार दूध बेच्न नसकेपछि दूधको मूल्य बढाउदा बढको हो ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ९ : ३५ बजे