११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सरकार अधिनायकवादतर्फ उन्मुख छ ः पूर्वमन्त्री बस्नेत


३ भाद्र २०७६, मंगलबार  

0
Shares

३ भदौ ०७६, काठमाडौं । काँग्रेस नेता मोहनबहादुर बस्नेतले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख हुन लागेको आरोप लगाएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । सरकारले मिडिया काउन्सिल विधेयक पनि प्रेसविरोधी ल्याउन लागेको बस्नेतको आरोप थियो ।
क्लबका उपाध्यक्ष बैकुण्ठ ढुंगानाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले मिडिया काउन्सिल विधेयक ल्याएर प्रेस जगतलाई नै समाप्त पार्न लागेको आरोप लगाए । विश्वबाट लोप हुदै गएको कम्युनिष्ट नेपालमा दुई तिहाईको सरकार बनाउन सफल भएपछि अधिनायकबादतिर उन्मुख हुन लागेको उनको आरोप थियो ।
उनले कांग्रेसको महाधिवेशन आएको बेलामा सरकारले दुई तिहाईको मतमा ज्यादती गरेको आरोप थियो । उनले भने,‘हामीले संघीय संविधानलाई स्विकारेका छौं । प्रधानमन्त्रीले सुरक्षा परिषद गठन गरेर प्रशासनलाई आफ्नो नियन्त्रणमा लिन खोज्नुभयो । मिडिया काउन्सिल विधेयकमार्फत पत्रकारहरुलाई विभिन्न आरोप लगाएर १० वर्षसम्म जेल सजाय दिन खोजिएको छ ।’ सरकारले संविधानको आडमा बसेर त्यसलाई भत्काउने काम गरेको समेत उनले आरोप लगाए ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १० : ०६ बजे