महेश सिंह
७ भदौं ०७६ । सिरहा । दिन प्रति दिन भइरहेको प्रदुषणलाई न्यूनीकरण गर्ने उद्देश्यले प्रदेश नं। २ ले हरित प्रदेश अभियान अन्तर्गत वृक्षारोपण अभियान थालनी गरेको छ । अभियानको उद्घाटन गर्दै प्रदेश नं। २ का उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले २ नं। प्रदेशमा चार प्रतिशत भू भागमा मात्रै वन जंगल रहेकोले वृक्षारोपण कार्यको शुभारम्भ गरिएको बताए ।
धनगढीमाई नगरपालिका वडा नं। ६ स्थित गागन खोलाको शिव गंगा सामुदायिक वनको करिव २० हेक्टर जग्गामा वृक्षारोपण कार्यको थालनी गरेका हुन् । मन्त्री मण्डलले प्रदेश नं। २ अन्तर्गतको आठ वटा जिल्लाको लागि करिव ४० प्रतिशत वन जंगल आवश्यक रहे पनि दिन प्रति दिन वन फडानीले प्रदुषणको साथ साथै भूक्षयको पनि स्थानीयहरु सिकार भइरहेको वताए । मन्त्री मण्डलले हरित प्रदेश अभियान वृक्षारोपण प्रदेशका आठै वटा जिल्लामा दुई सय हेक्टरमा खयर, टिक, गमहाइरलगायत विभिन्न प्रजातीका गरी झण्डै तीन लाख ६ हजार विरुवा रोपिने अभियान रहेको वताए ।
डिभिजन वन कार्यालयका प्रमुख सुभाषचन्द्र दासले प्रदेश नं। २ को कार्यक्रम र डिभिजन वन कार्यालयको कार्यक्रम सँगसँगै लिएर जाने बताउँदै उहाँले अवको दुई बर्ष भित्रमा सिरहास्थित रहेको सम्पूर्ण ऐलानी पर्ति जग्गामा विरुवा रोपिने उनले बताए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रमुख, नेपाली सेना प्रमुख, डिभिजन वन कार्यालय सिरहाका प्रमुख, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति थियो ।
र किर्तिपुरको मान्छेलााई सोध्नुस् त ।
७ भाद्र २०७६, शनिबार
0
Shares
प्रतिक्रिया