१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सिनामंगलमा ट्रिपरले ठक्कर दिँदा ३ बाइक कच्याककुचुक


९ भाद्र २०७६, सोमबार  

0
Shares


काठमाडौं । आइतबार साँझ काठमाडौंको सिनामंगलमा डरलाग्दो दुर्घटना भएको छ। तीनकुनेतर्फबाट गौशाला जाँदै गरेको टिपरले सिनामंगलमा ठक्कर दिँदा तीनवटा बाइक कच्याककुचुक भएका हुन् ।

घटनामा परी घाईते भएका एक जनाको शरीर समेत क्षतविक्षत बनेको थियो । अन्य चार जनालाई भने उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ। टिपरको खोजी भइरहेको गौशाला प्रहरीले बताएको छ। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते चार जनालाई उपचारका लागि केएमसी लगिएको हो । टिपरले हान्दा एकजना सडकबाट उछिट्टिएर टिनको बार बाहिर पुगेका एक जनाको भर्खरै उद्धार गरिएको छ । उनको अवस्थासमेत गम्भीर छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ८ : २० बजे