महेश सिंह
१३ भदौ ०७६, सिरहा । सिराहामा सृजना सामुदायिक पुस्तकालय पडरिया र दलित जन कल्याण युवा क्लवको आयोजनामा विभिन्न भू–भागमा सडक नाटक आयोजना भइरहेको छ । समाजमा बढ्दै गईरहेको अपराधलाई मध्यनजर गर्दै सडक नाटकको आयोजना गरेको आयोजकले जानकारी दिएको छ ।
यस्तो नराम्रा घटना समाजमा हुन नदिन र अपराध समाजबाट उन्मुलन गर्न सडक नाटक प्रस्तुत गरेको हो । सिरहाको लहान नगरपालीकामा नाटक हेर्न मानिसको भीड रहेको दलित जन कल्याण युवा क्लबका प्रतिनिधी सन्तोष बिसुनकेले जानकारी दिनु भयो । नाटकमा भाग लिने कलाकारहरु एलिना चौधरी ,राजेन्द्र सदा, सन्तोष बिशुनके, हिरा मगर, संगिता चौधरी, सवन चौधरी, दिपेश पासमान, निर्मला दहाल, महेश सिंहलगायत थिए । शिुझबार लहान नगरपालिका ११,१२,२२ मा नाटक मञ्चन गरिएको थियो ।
अपराध मध्यक्षेत्र रहेको सिरहामा महिला हिंसा र मानव बेचबिखन र घरेलुु हिंसा जस्ता घटनाहरुको पकेट क्षेत्रको रूपमा विकाश भइरहेको छ । सिरहाअन्तर्गत सरकारी र गैरसरकारी सघ सस्थाहरुले समाज र ब्यक्ती सुधारका लागि आफ्नो ठाँउबाट लाग्नु पर्ने अवस्था छ ।
यसबाट स्थानीय क्षेत्रमा मानव बेचबिखन ओसार पसार विरुद्ध स्थानीयबासी जागरुग हुँदै छन् । सडक नाटकले सिरहामा बालबिवाह र लागु औंषध, दुर्वयसन र कुलतमा लागेको ब्यक्तीहरुलाई सुधारन प्रेरणा दिएको स्थानीयबासीले अन’भव गरिरहेका छन् ।
१४ भाद्र २०७६, शनिबार
0
Shares
प्रतिक्रिया