३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपति सी आउनु अघि चिनियाँ विदेशमन्त्री काठमाडौं आउने


१८ भाद्र २०७६, बुधबार  

0
Shares

काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यी दुई दिने नेपाल भ्रमणका लागि आइतबार (भदौ २२ गते) काठमाडौं आउने भएका छन्। चिनियाँ राष्ट्रपति सी जिङपिङको सम्भावित नेपाल भ्रमणको एक महिनाअघि विदेशमन्त्री बाङ यी नेपाल आउने भएका हुन् ।

चिनियाँ विदेशमन्त्रीको अचानक आगमन राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणको तयारीका लागि उनी आउन लागेको बताइएको छ । अफगानिस्तानमा जारी शान्ति वार्ताबारे शनिबार पाकिस्तानमा पुगेर विदेश मन्त्री यी सिधै आइतबार नेपाल आउनेछन्।  नेपालको भ्रमण सकेपछि उनी सेप्टेम्बर ९ र १० नयाँ दिल्लीमा हुने भनिएको सीमा सम्बन्धी वार्ताका लागि जाने बताइएको छ ।

राष्ट्रपति सी आगामी १५ अक्टोबरमा नेपाल भ्रमणमा आउने सम्भावना छ ।राष्ट्रपति सी त्यसअघि भारतको भ्रमणमा निस्किने र भारत भ्रमण सकेर बेइजिङ फर्किनुअघि ९ घण्टाका लागि काठमाडौं आउने बताइएको छ । चिनियाँ राष्ट्रपति अक्टोबर ११ मा पाँच दिने भ्रमणका लागि भारत जाँदैछन् ।

राष्ट्रपति सी २०१६ अक्टोबरमा नेपाल आउने तयारीमा थिए तर त्यसबेला चीनको मित्रवत मानिने केपी ओली सरकार नेकपा माओवादीले कांग्रेससँग साँठगाँठ गरेर ढालेपछि परिवर्तित राजनीतिक माहोलमा उनले यात्रा रद्द गरेका थिए।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १० : ३३ बजे