२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


७ सय पटक बलात्कार, ३३८ वर्ष जेल !


१९ भाद्र २०७६, बिहिबार  

0
Shares

काठमाडौं । अमेरिकामा नेपालीहरु संलग्न अपराधका घटना निरन्तर बढिरहेका छन्। नेपालीहरु पक्राउ परेका अधिकांश घटना यौन र अपराधसँग जोडिएका छन्।  सात सय पटक बलात्कार गरेको अभियोगमा तीन सय ३८ वर्ष जेल सजाय काटिरहेका नेपाली पनि अमेरिकी जेलमा छन्।

उनी हुन्, जनकपुरका अजयकुमार देव। अजय पेशाले साक्रामेन्टोस्थित खानेपानी संस्थानका इन्जिनियर थिए। उनीमाथि आफ्नै धर्मपुत्री २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेको छ । त्यो पनि एक या दुईपटक हैन। पाँच वर्षदेखि हरेक साता तीन पटकसम्म। पाँच वर्षमा बलात्कृत भएको गणना गर्दा सात सय ३८ पटक।

र, यही मुद्दामा सन् २००९ मा क्यालिफोर्नियाकै स्थानीय जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै ३ सय ३८ वर्ष जेल सजाय सुनाएको छ। उनी अहिले जेल सजाय काटिरहेका छन्। त्यसैगरी हत्या, नक्कली विवाह, ठगीसँगै अबैद्य रुपमा अमेरिका प्रवेश गर्दासमेत नेपाली नागरिक अमेरिकी कारागारमा छन्।

शुक्रबार साप्ताहिक

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहिबार  ९ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।