१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सडकबाट भिक माग्दैमा राजतन्त्र फर्कदैनः जर्नादन शर्मा


१९ भाद्र २०७६, बिहिबार  

0
Shares


शरद रेग्मी
१९ भदौ ,हापुरे । तत्कालिन विद्रोही माओबादी र सरकार पक्षबिच पहिलो पटक भएको बार्ता स्थल दाङको हापुरेमा १६ बर्षपछि शान्ति र समृद्धि सम्मेलनको आयोजना गरिएको छ ।
२०६० साउन २९ र ३० गते तत्कालिन विद्रोही माओवादी र सरकार पक्ष बिच वार्ता भएको थियो । रिपोटर्स क्लव दाङ र बवई गाउँपालिकाको संयुक्त आयोजनामा भएको सम्मेलनमा बोल्ने नागरिक अगुवा तथा नेताहरुले शान्ति प्रक्रियाका अपुरा कामहरु तत्काल पुरा गर्न सरकार र दलहहरुको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा बोल्दै पूर्व शान्ति तथा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले कसैले भीक माग्दैमा राजतन्त्र नफर्कीने बताएका छन् । जनताले अस्वीकार गरेको राजतन्त्र कुनैपनि हालतमा नफर्कीने भन्दै संघिय गणतन्त्र विरोधी काम नगर्न आग्रह गरे । उपलब्धीाई विर्सेर भड्कीएमा आफैले प्राप्त गरेको अधिकार र स्वतन्त्रतता गुम्ने खतरा हुने भन्दै कसैको बहकाउमा लागेर सामाजिक संजालमा जथाभावी नलेख्न आग्रह गरे । जनताको विजय हासील गर्न हापुरेमा पहिलो पटक शान्ती वार्ता गरिएको भन्दै हापुरेबासीले उठाएको संविधान सभा र संघिय लोकतान्त्रीक गणतन्त्रको माग पुरा भएको बताए । संघिय लोकतान्त्रीक गणतन्त्रको विकल्प संघिय लोकतन्त्रीक गणतन्त्र नै भएकोउनले बताए ।
फरक प्रसंगमा उनले विप्लव माओवादीलाई वार्तामा आउन आग्रह गरेका छन् । हत्याँ र हिंसा बमले माग पुरा गर्न नसकीने भन्दै शान्तिपूर्ण ढंगले गरिने संगठन निर्माणका लागि आफनो पार्टीले सहयोग गर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख वक्ता तथा नागरिक अगुवा दमननाथ ढुङ्गानाले इतिहास त्रुटीपूण रहेको बताएका छन् । परिवर्तन ल्याउनेहरुले नै परिवर्तन टिकाउन नसक्नु इतिहासको त्रुटीपुर्ण कार्य रहेको उनले बताए ।


वन्दुकबाट परिवर्तनको आश नगर्न आग्रह गदै उनले परिवर्तन बचाउनु नै महानता भएको बताए । नागरिक अगुवा श्याम श्रेष्ठले नेपाली सेनाकै कारण तत्कालिन समयमा शान्ति वार्ता भंग भएको बताएका छन् । राजा ज्ञानेन्द्रले संविधान दिन नचाहेकै कारण वार्ता भईरहेको समयमा दोरम्बामा सेनाले मान्छे मारेर शान्ति विरोधी काम गरेको बताए ।
नेपाली सेना अहिले पनि विधिको शासनमा चल्ने अवस्थामा नभएको बताएको बताउदै नेपाली सेना, प्रशासन र सिंहदरबारमा अझै परिवर्तन नआएको बताए । ‘सिंहदरबार जस्तोको त्यस्तै छ तर नेता मात्रै बदलिएका छन् ,’ श्रेष्ठले भने ‘ काम गर्ने शैली, पुरानै, भ्रष्टाचार व्याप्त र कर्मचारी संयोजनमा जादैनन अनि संघियता संस्थागत हुन्छ ।’
त्यसैरी उनले चाकडी उन्मुख संस्कृतिको विकास गर्नुपर्ने भन्दै चाकडी रभनसुनको संस्कृति त्याग्न नसके भ्रष्टाचार मौलाउने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले दुई तिहाई बहुमतको वर्तमान सरकारले शान्ति प्रक्रिायाका बाकि काम गर्न नसकेको भन्दै आपत्ति प्रकट गरे । उनले दुई तिहाई वहुमतको सरकार हुदा पनी जनतामा निराशा ब्याप्त रहेको भन्दै नागरिको सुरक्षा र बिकास प्रतिकोचाहनालाई पुरा गर्न सरकारलाई आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य कोमल वली, नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सचिव जगप्रसाद शर्मा अपार, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष टीकाराम खड्का, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्यामपाण्डे, शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसीङ डाँगी, दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरी, बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल लगाएतले पश्चिम दाङको समृति र शान्ति प्रक्रियाका बाकि काम पुरा गर्न कार्यक्रम फलदायि हुने बताएका थिए । कार्यक्रमको संचालन रिपोटर्स क्लव दाङका महासचिव बिमल गौतमले गरेका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहिबार  ८ : २६ बजे