१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


राष्ट्र बैंकको पाँच अर्बको नक्कली चेक


२० भाद्र २०७६, शुक्रबार  

0
Shares

काठमाडाैं । हातहतियार कारोबारको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) द्वारा पक्राउ गरेका सञ्जय राणाको डेराबाट ठूलो परिमाणमा नक्कली कागजात, चेक, हतियार र सुनका गहना फेला पारेको छ ।

दुईजना सहकर्मीसहित धनगढी–४ चटकपुरबाट पक्राउ परेका राणाको डेराबाट प्रहरीले पाँच अर्ब रुपैयाँको नेपाल राष्ट्र बैंकको नक्कली चेक, चार पेस्तोल, छाप, नक्कली पत्रको चाङ फेला पारेको हो ।

पक्राउ परेका व्यक्ति र उनीहरुबाट बरामद गरिएका सामग्रीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  २ : ३० बजे