१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


‘बैंकमा राखेको आफ्नै पैसा निकाल्न समस्या’


२१ भाद्र २०७६, शनिबार  

0
Shares

काठमाडौं । ठूला चाडपर्वको मुखमा नेपाल राष्ट्र बैंकले एटीएमबाट पैसा झिक्ने सीमा घटाएको छ। अब एक पटकमा २० हजार र एक दिनमा ६० हजारभन्दा बढी रकम एटीएमबाट निकाल्न पाइने छैन। यसअघि एक पटकमा २५ हजार र एक दिनमा १ लाख रुपैयाँसम्म निकाल्न सक्ने व्यवस्था थियो।

त्यसमाथि पनि बैंकहरूले यस्तो सीमा आफूखुसी घटाउन सक्ने छुट राष्ट्र बैंकले दिएको छ। ‘बैंक तथा वित्तीय संस्थाले नगद व्यवस्थापन भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थितिलाई ध्यानमा राखेर तोकिएको रकमको सीमा घटाउन सक्ने’ राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ। यस्तो व्यवस्थाले निक्षेपकर्तालाई बैंकमा रोखेको पैसा झिक्न समस्या पार्न सक्ने बैंकरले बताएका छन्।

‘कुनै बैंकले मसँग पैसा छैन, त्यसकारण तिमीलाई दिनमा २–५ हजारमात्रै दिन्छु भन्न पनि पाउँछ’, एक बैंकर भन्छन्। यसअघि यसरी सीमा घटाउने सुविधा बैंकलाई थिएन। राष्ट्र बैंकले पैसा निकाल्न पाउने न्यूनतम सीमा ५ सय रुपैयाँ राखेको छ। यसले बैंकलाई एक पटकमा ५ सयमात्रै निकाल्न पाउने व्यवस्था गर्न पनि छुट दिन्छ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा बढ्दो तरलता अभाव र नगद सञ्चितिको समस्या पर्न थालेको छ। त्यस्ता बैंकको चासोलाई समेत सम्बोधन गर्ने ‘उत्कृष्ट मौका’ को रूपमा प्रयोग गरिएको एक बैंकर बताउँछन्। ‘यस्तो निर्देशनले जनताले बैंकमा राखेको आफ्नै पैसा निकाल्न समस्या पर्छ’, उनले भने। एटीएम प्रणालीको सर्भरमा साइबर हमला गरेर चिनियाँले ३ करोड ५४ लाख रुपैयाँ लुटेको प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक भएको भोलिपल्ट राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ९ : ५८ बजे