२७ पुस २०८२, आइतबार | Sun Jan 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


शनिबार राति मोवाइल सेवा प्रयोगमा कठीनाइ आउनसक्ने


२१ भाद्र २०७६, शनिबार  

0
Shares

काठमाडौं । नेपाल टेलिकमले फोरजीरएलटिई सेवा अपग्रेड गर्ने भएको छ।

शनिबार राती ११.३० बजेदेखि अपग्रेडको काम सुरू हुने भएकोले त्यस समयमा मोवाइल सेवा प्रयोगमा कठीनाइ आउनसक्ने टेलिकमले जनाएको छ।

मोवाइल सेवा अबरूद्ध हुन पुगे मोवाइल स्वीच अफ गरी अन गर्न पनि नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, वायरलेस सेवा निर्देशनालय बबरमहलले सूचना निकालेर जानकारी गराएको छ।

‘फोरजीरएलटिई सेवा सञ्चालनका लागि यही मिति २०७६ भदौ २१ गते राति ११.३० बजेदेखि सिष्टम अपग्रेड सम्बन्धी कार्य हुने भएकोले उक्त समयमा जिएसएम मोवाइल सेवा प्रयोगमा केही असुविधा हुन सक्ने सबैमा जानकारी गराइन्छ,’ टेलिकमले निकालेको सूचनामा भनिएको छ।

टेलिकमले प्रविधिमा आएको परिवर्तनसँगै सेवाग्राहीलाई समयसापेक्ष नयाँ प्रविधिमा आधारित सेवाहरू उपलब्ध गराउने प्रयास गरिराखेको पनि उल्लेख गरेको छ। देशभर नै फोरजीरएलटिई सेवा विस्तार भइराखेको टेलिकमको भनाइ छ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ५ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।