१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


महानगरीय प्रहरी परिसर ललितपुरलाई मोटरसाईकल


२४ भाद्र २०७६, मंगलबार  

0
Shares

काठमाडौं । “योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी बैंकिंङ सेवा पुर्याँउदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महानगरीय प्रहरी परिसर, ललितपुरलाई ३ थान मोटरसाईकल हस्तान्तरण गरेको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुरमा आयोजित एक कार्यक्रम बिच सिटिजन्स बैंकले समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी परिसर, ललितपुरलाई ३ थान मोटरसाईकल प्रदान गरेको हो ।

ललितपुर जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुले समय सापेक्ष जनमैत्री प्रहरी सेवा प्रदान गरी समग्र जिल्लामा शान्ति सुरक्षा कायम गरी अपराध मुक्त समाजको निर्माण गर्ने जिम्मेवारी बहन गरेका नेपाल प्रहरीका अधिकृत तथा जवानहरुलाई अझ थप हौसला प्रदान गर्ने अभिप्रायले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यामाहाकाे एफजेटएस मोटरसाईकल दिएको हो ।

यस किसिमको सहयोगबाट “प्रहरी मेरो साथी” को भावना वृद्धि हुने विश्वास बैंकले व्यक्त गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ७ : ४१ बजे