काठमाडौं । मनसुनी न्यूनचापीय रेखाको पूर्वि भाग औसत स्थान भन्दा केहीमाथि (नेपाल नजिक) रहेको कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली भई मेघ गर्जन र चट्टयाङ्गसहित हल्कोखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार बिहान दैनिक बुटेदिन जारी गर्दै महाशाखाले बंगालको खाडिबाट अएको जलबास्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको छ । जसका कारण हाल देशभरी सामान्यदेखि पस्र्ण बदली भई देशका पूर्वी, मध्य तथा पश्चिमी भूभागका थोरै–थोरै स्थानहरुमा मेघ गर्जन रचट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आगामी तीन दिनको मौसम
भदौ २५ गते (बुधवार)
दिउँसो : देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पूर्व र मध्य भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति : देशभरी सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वदेखि पश्चिमसम्मकै थोरै–थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।
भदौ २६ गते (बिहीबार)
दिउँसो : देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । देशका मध्य तथा पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति : देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पूर्व तथा मध्य भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
भदौ २७ गते (शुक्रबार)
दिउँसो : देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पूर्व तथा मध्यका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति : देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्व तथा पश्चिमि भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
यसैगरी महाशाखाले आगामी २४ घण्टा सामान्य सकर्ता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया