६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


६१ वर्षीय काकाले भतिजी बलात्कार गरे


२५ भाद्र २०७६, बुधबार  

0
Shares

काठमाडाैं । बागलुङमा ११ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरी फरार भएका छन् ।

बालिकालाई बलात्कार गरी काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय सुनार थरका एक व्यक्ति फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बालिकालाई आर्थिक प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्गलबार बागलुङ प्रहरीमा उजुरी दर्ता गरेपछि काकाद्वारा भतिजी बलात्कार गरेको रहस्य खुलेको हो ।

भदौ १५ गते तीजको दिन बालिकालाई सुनारले बलात्कार गरेका थिए । घटना गाउँमै लुकाउन खोजेको भए पनि प्रहरीकै सक्रियतामा बलात्कारको घटना बाहिर आएको हो ।

आर्थिक अवस्था कमजोर भएका कारणले उजुरी दिन सदरमुकाम आउन नसकेको भन्ने सूचनाको आधारमा प्रहरी पीडितकै घरमा पुगेर पीडित परिवारलाई सदरमुकाम ल्याएको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।

“परिवारको आर्थिक अवस्था कमजोर भएकाले यहाँसम्म ल्याउने, घर पुर्याउने र सदरमुकाम बस्दा लाग्ने सबै खर्च सबै व्यवस्थापन गर्छाैँ भनेर पीडितलाई कार्यालयमा झिकाएका हौँ”, भट्टले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएकै कारणले उजुरी दिनबाट वञ्चित गर्नुहुँदैन ।” आरोपित सुनार फरार रहेको र उनको खोजी भइरहेको भट्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ४ : ०४ बजे