७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


तीन दिन चट्टयाङ्ग र मेघगर्जनसहित वर्षा हुने, सचेतरहन आग्रह


२६ भाद्र २०७६, बिहिबार  

0
Shares

काठमाडौं  । बंगालको खाडिबाट अएको जलबास्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेका कारण हाल देशभरी आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज एक दैनिक बुलेटिन जारी गर्दै महाशाखाले मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहनुका साथै भारतको मध्य प्रदेशको उत्तरी भाग तथा उत्तर प्रदेशको दक्षिण भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ । जसका कारण देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पहाडि भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यस्तो छ तीन दिनको मौसम
भदौ २६ गते (बिहीवार)
दिउँसोः देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पहाडि भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

रातिः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

भदौ २७ गते (शुक्रबार)
दिउँसोः देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पहाडि भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

रातिः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पहाडि भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भदौ २८ गते (शनिबार)
दिउँसोः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पहाडि भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

रातिः देशभरी सामान्य रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ ।

यसैगरी देशका केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहितको हल्कादेखि मध्यम वर्षा साथै थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना भएकोले नदीमा आकस्मिक पानीको वहाव बढ्न सक्ने, पहाडि भू–भागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहिबार  ८ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।