१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


डुकुछापका बाढीपिडित भन्छन्,‘राज्यले हेरेन’


२६ भाद्र २०७६, बिहिबार  

0
Shares

आफ्ना छोरासँग बाढीले भत्काएको घरको भग्नावशेषमा पातली लो । तस्विरहरु ः ललितपुर खबर

लपु संवाददाता
२६ भदौं ०७६, डुकुछाप । गतअसार ३० गते ललितपुर डुकुछाप खहरेका जय बहादुर लोको परिवार मस्त निन्द्रामा थियो । आकाश कालो निलो भएर घनघोर बर्षा भइरहेको थियो । जयबहदुरको निन्द्रा खुल्दा गड्याङ गुडुङ आवाज आइरहेको सुने । उनी भन्छन् ,‘वाहिर आँगनमा हेर्दा बाढी आगनमै आइसकेको रहेछ । परिवार लिएर भाग्यौ । बारीमा पुगेपछि । घर ढल्यो सम्पती खहरेले बगायो ।’

बनबाट घाँस लिएर फर्कदै बाढीपिडित जयबहादुर लो ।

जयबहादुर हेरेको हेर्यौ भए । त्यस दिनदेखि उनको परिवारमा दुःखका दिन शुरु भए । जयबहादुरकी जहान पातली लो ढलेको घरको भग्नावशेष देखाउदै भन्छिन्, ‘सबै सामान यही घरभित्र पुरियो । ३ मुरी धान र ४ मुरी गहुँ बाढीले बगायो । खानै नपाउने दिए आए ।’

बाढीले पुरिएर विग्रेको उज्यालो दिने मैनटोल ।

जयबहादुर १० लाखको सम्पती नास भएको अनुमान गर्दै भन्छन्,‘हामीलाई राहत कसैले दिएन । गोदावरी नगरपालिकाकी उपमेयरले यो विजोक हेरेर गइन् । केही पाइएन ।’ तर गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीसँग यस विषयमा कुरा गर्न खोज्दा सम्पर्क भएन ।
गोदावरी नगरपालिकाका वडाध्यक्ष शुकराम लामाले वडासँग बजेट नभएकाले चाहना हुँदा हुँदै राहत दिन नसकिएको वताए ।

खहरैमा फ्याकिएको जस्ता ।

जयबहादुरले बुङ्गमतीको एक महिलाहरुको संस्थाले ५ हजार दिएको जानकारी दिदै भन्छन्, ‘हामीलाई कसैले हेरेन ।’

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहिबार  ८ : ५१ बजे