१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


‘ओली–प्रचण्ड कम्युनिष्टलाई सिध्याउने मुकुण्डोधारी’ ः गजुरेल


२७ भाद्र २०७६, शुक्रबार  

0
Shares

२७ भदौं ०७६, काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले नेकपाका नेता तथा प्रधानमनत्री ओली र पुष्पकमला दाहाल प्रचण्ड कम्युनिष्टलाई सिध्याउन तयार भएको कम्युनिष्टको मुकुण्डोधारी भएको भन्दै कडा टिप्पणी गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै गजुरेलले अहिलेको सत्ताधारी पार्टी कांग्रेसभन्दा के कुरामा फरक छ ? भन्दै प्रतिप्रश्न गरे । उनले भने,‘केहीमा पनि फरक छैन, अनि त्यसलाई हामीले किन कम्युनिष्ट मान्नु ?’
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा (माले), नेकपा (माओवादी केन्द्र) र जनसमाजवादी पार्टी, नेपाल तथा पुष्पलाल अध्ययन समाज, माथिल्लो कर्णाली बचाउँ राष्ट्रिय अभियान, राष्ट्रिय जागरण परिषद, नेपाल, राष्ट्रिय पूनःजागरण अभियान, नेपाल र राष्ट्रिय सरोकार अभियान, नेपालले सरकारले तत्काल माथिल्लो कर्णाली परियोजना खारेजीको घोषणा गर्नुपर्ने माग गर्ने क्रममा यस्तो धारणा राखेका हुन् ।
उनले आफूहरुले पिडीए जलाउन लागेको सुनाए । तर, यत्ति गर्दामा पनि सरकारले म्याद थप गरे आफूहरुले कुनैपनि हालतमा उक्त परियोजना बन्न नदिने उनको चेतावनी थियो ।
गजुरेलले भने,‘भदौ ३१ हामीले कागजमात्रै होईन, पिडीए जलाउने भनेका छौं । यत्ति गर्दापनि यीनीहरुले यो परियोजनालाई रिन्यु गरे भने यो परियोजना हामी बन्न नै दिँदैनौं ।’ उक्त परियोजनाको अहिले नेपाली सेनाले सुरक्षा दिईरहेको सुनाउँदै आफूहरुले राष्ट्रघात हुन नदिने पनि गजुरेलले स्पष्ट पारे ।
यो परियोजनामा ९६ अर्ब फाजील देखाएर जिएमआरले सबै नेपाली नेताहरुलाई भ्रष्टाचारको दलदलमा फसाउने काम गरेको पनि उनको आरोप थियो । उनले भने,‘यो ९६ अर्ब नेपालका नेताहरुको हातमा गएको छ । नेपालमा कहिल्यैपनि भ्रष्टाचारको स्केल यति हुँदैन थियो । उनीहरुले देशै बिक्रि गरिदिए ।’

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  १० : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।