२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


देउवाविरुद्ध नबोल्न चेतावनी


२७ भाद्र २०७६, शुक्रबार  

0
Shares

२७ भदौ ०७६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका संगठन सुदृढीकरण अभियानकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवालगायत नेतृत्वको विरुद्धमा जथाभावी टिप्पणी नगर्न नेविसंघका विद्यार्थीहरुलाई चेतावनी दिएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेविसंघ सुदृढीकरण अभियानकर्ताहरुले यस्तो चेतावनी दिएका हुन् । नेविसंघका नेता तथा परराष्ट्र मामिलाका जानकार डम्बर सुनारले पार्टी नेतृत्वको विरुद्धमा अनावश्यक जथाभावी टिप्पणी गर्न नहुने भन्दै यस्तो धारणा राखे ।
अघिल्लो दिन रिपोर्टस क्वलमै आयोजित पत्रकार सम्मेलनमा भातृसंगठन विवादको सन्र्दभमा आफूहरुले भने झैं नभए आमरण अनसन बस्ने घुर्कीपछि देउवाविरुद्ध विद्यार्थी नेताहरु बोलेपछि सुनारको यो प्रतिउत्तरको रुपमा चेतावनी आएको हो ।
उनले भने,‘पार्टी नेतृत्वहरुको त्याग, बलिदान र समर्पणका कारण आज देशमा प्रजातन्त्र जिउँदो छ, हामीले हाम्रा अभिभावकहरुको सम्मान गर्नुपर्छ । यदि पार्टी नेतृत्वले केही कमिकमजोरी गरेको नै भएपनि पार्टीभित्र सही सुझाव दिन सकिन्छ, तर मिडियामा हल्ला गरेर र ठूलो स्वरमा बोलेर होईन । यसले राम्रो सन्देश जाँदैन्।’ सुनारले युवाहरुको भावनालाई समेट्ने पार्टी नेतृत्व सक्षम रहेको विश्वास दिलाए ।
उनले पार्टी नेतृत्वलाई गाली गरेर कसैलाई पनि फाईदा नहुने उनको जिकिर थियो । उनले थपे,‘सभापतिलगायत अहिलेको हाम्रो पार्टी नेतृत्व पँक्ती विद्यार्थी आन्दोलनबाटै आउनुभएको हो, उहाँहरुले त्यही धरातलबाट आएर मुलुकको बागडोर सम्हालिसक्नुभएको छ। त्यसैले उहाँहरुले नेविसंघका मर्म र भावनालाई राम्रोसँग बुझ्नुभएको छ । उहाँहरुभन्दा अरुले हाम्रो भावनालाई बुझ्न सक्नुहुन्न । त्यसैले उहाँहरुको बारेमा जथाभावी टिप्पणी गर्नु हुँदैन् ।’ पार्टी सभापतिविरुद्ध जथाभावी बोल्ने झुण्डलाई कारबाही गर्नुपर्ने माग गरे ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  १० : २० बजे