२८ भदौ ०७६, काठमाडौं । अभियान मल्टिमिडियाद्वारा सञ्चालन गरिने जुनियर भोकल स्टारको प्रि–अडिसन फाराम आजबाट खुल्ला गरिएको छ । उक्त रियालिटी शोको बारेमा जानकारी गराउन शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजकले आयोजना गरेको पत्रकार सम्मेलनमा १५ बर्ष सम्मका बालबालिकाले सहभागी हुनसक्ने जानकारी दिएको छ ।
उक्त रियालिटी शोमा भाग लिन चाहनेहरुले आफूलाई पायक पर्ने स्थान र प्रक्रियाबाट आफ्नो नाम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार आगामी एक महिनासम्म डिजिटल अडिसन खुल्ला रहनेछ । टेलिभिजनमा उक्त रियालिटी शोको उद्धघाट्न आगामी माघबाट हुनेछ । त्योभन्दा अघि अडिसन, मेगा अडिसन र छायांकनको काम तिहारपछि सुरु हुनेछ ।
आफुभित्र रहेको प्रतिभालाई संसारसामु प्रस्तुत गराने उद्देश्यसहित आयोजना हुन गैरहेको उक्त शोमा विविध कारणले आफ्नो कला देखाउन नसकेकालाई समेट्ने प्रयास गर्ने आयोजकको भनाई छ ।
कार्यक्रममा बोल्दै संगितकार बसन्त सापकोटाले आफुभित्र रहेको प्रतिभालाई प्रस्फुटन गर्न शोले विशेष भूमिका खेल्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपालमा अहिले धेरै रियालिटी शोहरुको विकास भएपनि बालबालिकालक्षित कार्यक्रमहरु उत्पादन हुन नसकेको उनको भनाई छ । उनले भने,‘कार्यक्रममार्फत १५ वर्षसम्मको बालबालिकालाई समेट्दै उनीहरुको कला र गला निखार्न कोशिस गरिनेछ ।’ रियालिटी शोबाट संघर्ष गरेर आएका कलाकारहरुले निकै प्रगति गरि आएको इतिहाँस साक्षी रहेका पनि उनको भनाई छ ।
सानैबाट संगितको अध्ययन गर्नुपर्छ भन्ने मानसिकताको विकास गर्न कार्यक्रमले सहयोग पु¥याउने पनि उनको विश्वास छ । ‘बालबालिकालाई संगितको अध्ययन र महत्वको बारेमा शिक्षा दिन सके भोलिको दिनमा देश र राष्ट्रको लागि संगितको माध्ययमबाट योगदान पु¥याउन सहयोग पुग्ने छ ।’–उनको भनाई छ ।
त्यस्तै कार्यक्रममा बौल्दै गायक धीरज राईले बालबालिकालाई काचो माटोको रुपमा लिदै उनीहरुलाई आफुले चाँहेको बस्तुमा ढाल्न उक्त शो कोशेढुङगा सावित हुने विश्वास व्यक्त गरे ।
अहिले देश तथा विदेशमा विभिन्न रियालिटी शोहरु सञ्चालनमा रहेको जनाउदै उनले नेपालबाट पनि त्यस्ता प्रतिभालाई विश्व बजारसम्म चिनाउने प्रयास हुने विश्वास दिलाए ।
‘आफुले संगितको क्षेत्रमा संघर्ष गर्दा रियालिटी शोसम्बन्धी कुनै प्लेटफर्म नभएको अवस्था थियो ।’–उनले भने,‘आफ्नो जस्तो अवस्था अहिलेका बालबालिकाले नभोगुन उनीहरुको संगितको बाटो खन्न कार्यक्रमले सहयोग पु¥याउन मद्दत गर्नेछ ।’
अहिले देश तथा विदेशमा आफ्नो नाम परिचित गर्न रियालिटी शोको निकै ठुलो भूमिका रहको बताउँदै त्यहाँबाट उत्पादन भएको प्रतिभाले राष्ट्रको नाम उच्च राख्न जानेपनि उनको भनाई छ ।
‘हामो सपना भनेको ठूलो पोखरीमा पौडिन सिकाउने हो । तैरिन सिक्ने भएपछि संसारलाई आफ्नो महत्वको ज्ञान दिनेछन ।’–उनले थपे ।
विविध कारणले आफुभित्र लुकेर रहेका प्रतिभालाई उक्त रियालिटी शोको माध्ययमबाट प्रस्तुत गराउन प्लेटफर्मको रुपमा कार्यक्रम सञ्चालन हुने कार्यक्रममा जानकारी गराईएको छ । कला, सौन्दर्य र प्रतिभा आँफैमा प्रकृतिको एक अनुपम छटा रहेको जनाउदै स्वरमा संगीत रहेका र गलामा चमत्कार रहेका बालबालिकालाई उक्त शोअन्र्तगत समेट्न लागेकोे आयोजकको भनाई छ ।
कार्यक्रमलाई बोल्दै आयोजक संस्थाका अध्यक्ष मिन अधिकारीले नेपालकै प्रतिष्ठित एचडि च्यानल भएको टिभि मार्फत प्रसारण गर्ने योजना रहको जानकारी गराए । उक्त शो मा भागलिन चाहने बालबालिकाका अभिभावकले आफ्ना बालबालिकाको आवाजमा कुनै गित रेर्कड गराएर आफ्नो वेभसाइटमा अपलोड गर्न सक्ने पनि जानकारी गराए । आफ्नो साइटमा अपलोड भएको उक्त अडियोको आधारमा सेलेक्सनको लागि छनौट गरिनेपनि उनको भनाइ छ ।
कार्यक्रममा अर्का वक्ता कोमल अधिकारीले नेपाली संगित क्षेत्रको विकासमा रियालिटि शो ले पु¥याउन सक्ने योगदानको चर्चा गरेका छन ।
सहभागीले दर्ता पछिको छनोट प्रक्रियामा अडिसन, मेघा अडिसन, टप २०, टप १०, सेमी फाइनल हुदै ग्रान्ड फिनाले सम्म पुगेर नेपालको पहिलो जुनियर भोकल स्टारको उपाधि जित्न सक्ने आयोजकको भनाई छ ।
उक्त रियालिटि शोमा प्रथम् हुनेलाई २० लाख र ट्रफी, फस्ट रनर–अपलाई १० लाख र सेकन्ड रनर–अपलाई ५ लाख रुपैयाँ पुरुस्कारको व्यवस्था रहेको पनि जनाइएको छ ।
उक्त राशिले उच्च शिक्षा तथा संगीत क्षेत्रमै आधार स्तम्ब बनाउन ठुलो भूमिका खेल्ने विश्वास गरिएको छ । नेपाली गित–संगीतको क्षेत्रमा लामो समयदेखि योगदान गरिरहेका बरिस्ठ कला अनुरागीको जज प्यानल, गित–संगीतसग प्रत्यक्ष वा परोक्ष ढंगले जोडिएका विविध क्षेत्रका दिग्गज व्यक्तित्वलाई जजको रुपमा आमन्त्रित गरिने पनि आयोजकले जनाएको छ ।
प्रत्येक प्रदेशबाट छनौट भएका टप १० लाई कार्यक्रममा समावेश गराएर अन्तसम्मको लागि प्रतिस्पर्धा गराउने आयोजकले जनाएको छ । कार्यक्रममा दुइ जना होस्टको व्यवस्था पनि गरिएको आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया