२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


रोकियो थिमिको जिब्रो छेड्ने जात्रा


२९ भाद्र २०७६, आइतबार  

0
Shares

काठमाडाैं । थिमिको जिब्रो छेड्ने जात्रा यो वर्ष रोकिएको छ । जिब्रो छेड्ने व्यक्ति नभेटिएपछि जात्रा रोकिएको हो ।

२५ वर्षसम्म बन्द रहेको मध्यपुर थिमिको जिब्रो छेड्ने जात्रालाई ०५२ मा चेंडेका कृष्ण कृष्ण नानीचा श्रेष्ठले प्राण दिएका थिए । उनले जिब्रो छेड्ने जात्रालाई वर्षैपिच्छे निरन्तरता दिन भने सकेनन् ।

पुनः ०५७ र ०६३ मा गरी दश वर्षमा तीन पटक जिब्रो छेडाएर उनले थिमिबासीलाई सांस्कृतिक सभ्याताको परिचय दिए ।

कृष्ण नानीचा श्रेष्ठपछि एघारवर्षदेखि रोकिएको जिब्रो छेड्ने जात्रालाई ०७४ मा मध्यपुर थिमि–४, बालकुमारीका वीरेन्द्रभक्त गजुले फेरि सुरु गरे । अर्को साल उनको बुबाको निधन भयो ।

जिब्रो छेडाउन सकेनन् । गत वर्ष (२०७५) मा मध्यपुर थिमी–५ चोंडेका ४० वर्षीया बाल बालराम नानीले जिब्रो छेडाएर संस्कृति बचाए । यस वर्ष जिब्रो छेडाउन कोही तयार भएन ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ६ : ५१ बजे