४ असार २०८१, सोमबार | Tue Jun 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


रुपन्देहीमा गोली हानेर एक जनाको हत्या, ५ लाख लुटियो


२९ भाद्र २०७६, आइतबार  

0
Shares

काठमाडौँ  । रुपन्देहीको रोहिणी गाउँपालिकामा अज्ञात समूहले गोली हानी एक व्यक्तिको हत्या गरेको छ ।

अज्ञात समूहले चलाएको गोली लागे हिमालयन बैंक भैरहवाबाट रकम निकालेर जाँदै गरेका ओमसतिया गाउँपालिका-५ का ३५ वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको हो ।

उनलाई रोहिणी गाउँपालिका-३ वैकुण्ठपुरमा अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । दिउँसो साढे २ तिर चौधरीको हत्या भएको हो।

प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीका अनुसार प्रहरी घटनास्थल पुगेको छ ।

मोटरसाइकलमा पिछा गर्दै आएका २ जनाको अज्ञात समूहले उनीमाथि गोली प्रहार गरी फरार भएको प्रहरीले बताएको छ।

श्रीमती र एक बच्चासहित मोटरसाइकलमा जाँदै गरेका चौधरीको मोटरसाइकल रोकी उनीमाथि गोली प्रहार गरिएको थियो । उनलाई ३ गोली लागेको छ । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्याराले उनले बैंकबाट निकालेर ल्याएको ५ लाख समेत उनीहरूले लुटेर लगेका छन् । अहिले मृतकको शव बाटोमा नै रहेको छ भने त्यहाँको बाटो बन्द हुनका साथै मानिसहरूको भीड लागेको छ ।

कसले र किन गोली चलायो भन्ने खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान सुरु गरको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ३ : ५४ बजे