१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ज्ञानेन्द्र शाही प्रहरी हिरासतमा, मुद्दा चलाउने तयारी


३० भाद्र २०७६, सोमबार  

0
Shares

 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई विमानभित्र दुर्व्यवहार अभियोगमा ज्ञानेन्द्र शाहीलाई प्रहरीले हिरासतमा राखेको छ । शाहीलाई आइतबार साँझ ललितपुर प्रहरीले पक्राउ गरी हिरासतमा राखेको हो ।

यसअघि आइतबार नेपालगञ्ज विमानस्थलमा मन्त्री भट्टराईमाथि दुर्व्यवहारबारे जानकारी दिन पुल्चोकमा भएको पत्रकार सम्मेलनमा शाहीमाथि हातपात भएपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले नियन्त्रणमा लिएको थियो । एकछिन नियन्त्रणमा लिएर छोडेको प्रहरीले राति फेरि समातेर हिरासतमा राखेको हो ।

उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भएकाले हिरासतमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई पक्राउ पूर्जी जारी गरेर हिरासतमा राखिएको हो ।

शाहीलगायतकाले शनिबार मन्त्री भट्टराईका कारण नेपालगञ्ज विमानस्थलबाट विमान उड्न ढिलो भएको भन्दै विमानभित्रै अभद्र व्यवहार गरेका थिए ।

मन्त्री भट्टराईले विमान उड्न निर्धारित समयभन्दा १५ मिनेट ढिला भएको प्रष्टीकरण सहित यात्रुलाई पर्न गएको असुविधाप्रति माफी माग्नुभएको छ । नेपालगञ्ज विमानस्थलले उडान १५ मिनेट मात्रै ढिलो भएको जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  १० : ४० बजे